फिल्म `विर्खेलाई चिन्छस्`ले सोचे अनुरूप सफलता नपाए पनि निर्माता तथा कलाकार सुवास थापा खुशी छन् । निरन्तर असफल फिल्म दिएका सुवास आँफैले बनाएको फिल्मले चर्चा पायो भने लगानी उठाएको दाबी पनि छ ।
सुवासलाई यतिबेला 'विर्खे' भनेर चिन्नेहरु पनि छन् । उनै सुवासलाई लिएर ऋषि लामिछानेले बनाएको फिल्म 'सरी ल' कात्तिक २१ गतेबाट प्रदर्शनमा आउदैछ । निर्माणपक्षलाई यतिबेला विर्खे सुवासलाई हेर्न भएपनि दर्शक हलसम्म पुग्छन् भन्ने आशा पलाएको छ ।
डेब्यू कलाकार अनिता आचार्यको साथमा राजन खतिवडाको समेत अभिनय रहेको यो फिल्मले माया प्रेमको कथा बोल्छ । त्रिकोणात्मक प्रेम कथामा तयार भएको यो फिल्म चलेको खण्डमा सुवासलाई त फाइदा पुग्ने नै छ साथमा डेब्यू हिरोइन अनितालाई पनि फाइदा पुग्ने निश्चित छ ।
के विर्खेको चर्चाका कारण सुवास 'सरी ल'मा सफल होलान् ? प्रदर्शन मिति कुर्नु पर्ने हुन्छ । यो फिल्मलाई अञ्जु केसीको प्रस्तुतीमा कृष्ण बहादुर महर्जनले निर्माण गरेका हुन् ।

