रेखा थापाको ब्यानरमा निर्माण भएको फिल्म `हिम्मतवाली` यतिबेला देशभरका हलमा दोस्रो सातामा राम्रो व्यापारका साथमा चलिरहेको छ । फिल्म चल्दा रेखा थापा र अर्का कलाकार सुदर्शन गौतमलाई त फाइदा भएकै छ अर्का कलाकार अभय चन्द पनि दंग छन् ।
फिल्ममा आफूले गरेको कामको दर्शकले राम्रो प्रशंसा गरेको भन्दै अभयले खुशी व्यक्त गरे । रेखासँग 'सपथ' फिल्ममा अभिनय गरेर फिल्म नगरीमा डेब्यू गरेका अभयले 'हिम्मतवाली'मा प्रहरीको भूमिकामा अभिनय गरेका छन् । फिल्म
नगरीमा एक्सन अभिनेताको रुपमा परिचय बनाउने सुरमा लागेका अभयले 'हिम्मतवाली'को व्यापारले आफूलाई स्थापित हुन अझै सजिलो भएको बताए । अभय 'कुर्बान' नामक फिल्ममा पनि देखिदैछन् । आफूले गरेको फिल्म सफल भएपछि अभयले १२ बर्षदेखि गर्दै आएको संघर्ष सफल भएको बताए ।

