बलिउडका बहुचर्चित अभिनेता जितेन्द्र र ब्लकबस्टर फिल्म 'शोले'का निर्माता तथा निर्देशक रमेश सिप्पी नेपाल आउने भएका छन् । भोली आईतवार छुट्टाछुट्टै समयमा यि दुई चर्चित फिल्मकर्मी नेपाल आउन लागेका हुन् ।

फिल्म वितरण कम्पनी दर्शना आर्ट्सका सिईयो सुरेश दर्पण पोखरेलले पहिला रमेश सिप्पी आउने र त्यसपछि जितेन्द्र आउने बताए । उनले फेसबुकमा यि दुई फिल्मकर्मी र उनीहरूको परिवारलाई स्वागत गर्न एयरपोर्ट पुग्ने बताउँदै खुसी व्यक्त गरे ।
व्यक्तिगत भ्रमणका लागि जितेन्द्र र रमेश परिवारकासाथ छुट्टी मनाउन नेपाल आउन लागेको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार उनिहरूको बसाई एक साताको हुनेछ । एक साताको बसाईमा पोखरासहित नेपालका केही पर्यटकिय क्षेत्रको भ्रमण गर्ने जानकारी छ ।
पछिल्लो समय बलिउड स्टारहरूले नेपाल भ्रमणलाई प्राथमिकतामा राख्न थालेका छन् । बलिउड मात्र हैन हलिउड स्टारहरू पनि नेपाल आईरहने गरेका छन् । बिहीबार मात्रा बलिउड चर्चित अभिनेता आमिर खान तीन दिने नेपाल भ्रमण सकेर फर्केका छन् ।

