Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

शिल्पालाई छबिको नम्बर वान अभिनेत्री बन्ने आशिर्वाद

फिल्मीखबर, काठमाण्डौ, 2014/10/07
दशैंको अन्तिम दिन अर्थात पूर्णिमाको दिनमा निर्माता छवि ओझाले अभिनेत्री शिल्पा पोखरेललाई दशैं टीका लगाईदिए । छबिको हातको टिका थाप्न शिल्पा सोमबार बिराटनगरबाट काठमाण्डौ आएकी हुन् ।
 
 
विगतका दशैंमा अभिनेत्री रेखा थापालाई टिका लगाएर नेपालको नम्बर वान अभिनेत्री बन्नु भन्ने आशिष दिने छबिले यसपाली भने 'लज्जा' अभिनेत्री शिल्पालाई दिए । पहिलो फिल्म नै छबि व्यानरको गरेकी शिल्पाले आफूले पाएको आशिर्वाद कर्म गरेरै पाउने आश गरिन् ।   
 
शिल्पालाई डेब्यू गराउँदै छविले बनाएको पछिल्लो फिल्म 'लज्जा' आउँदो कात्तिक ७ देखि प्रर्दशन हुँदैछ । रेखा थापासंग सम्बन्ध सकिएपछि छविले शिल्पालाई नम्बर वान अभिनेत्री भन्न थालिसकेका छन् ।
 
यता शिल्पाले यसपालीको दशैं 'लज्जा' मय बनेको बताईन् । फिल्मीखबरसँग कुरा गर्दै शिल्पाले भनिन्, 'लज्जा सफल होस् भनेर दशैंको आशिर्वाद आँफैले मागें ।' गाउँघर जताततै 'लज्जा'कै चर्चा गरेर दशैं मनाएको शिल्पाले बताईन् । उनी दशैं मनाउन जन्मथलो बिराटनगर पुगेकी थिईन् । 
 
नवल नेपालले निर्देशन गरेको नारी प्रधान फिल्म 'लज्जा'मा शिल्पा केन्द्रिय भूमिकामा छिन् । यो फिल्मलाई शिल्पालाई अभिनेता आर्यन सिग्देलले साथ दिएका छन् । 
Most Visited News (monthly)