Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाल आए अमिर खान

फिल्मीखबर, काठमाण्डौ, 2014/10/07
बलिउडका चर्चित अभिनेता अमिर खान मंगलबार काठमाण्डौ ओर्लेका छन् । युनिसेफले संचालन गरेको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन अमिर नेपाल आएका हुन् ।
 
तीन दिने नेपाल भ्रमणमा रहने अमिर भोली बुधवार कपिलवस्तुको कपडी हेल्थ पोष्टमा आयोजना हुने पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन् । विहान १० देखि १२ बजे सम्म २ घण्टा कार्यक्रममा सहभागी भई उनी भोली नै काठमाण्डौ फर्कने छन् ।  
 
युनिसेफको सार्क क्षेत्रिय सदभावना दूत रहेका खानलाई कडा सुरक्षा दिएर कार्यक्रममा उपस्थित गराईंदै छ । टाईम म्यागेजिनले विश्वको १ सय प्रभावशाली व्यक्तिको सूचीमा पारेपछि संसारभर चर्चित बनेका अमिर पर्सी बिहीबार भारत फर्कने कार्यक्रम छ । अहिले उनी द्धारिका होटमा बसेका छन् ।   
 
यूनिसेफले केही महिना अघि हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेजलाई पनि नेपाल ल्याएको थियो । सेलेनाले मध्यपश्चिमको दाङ क्षेत्रमा स्कुले बालबालिकालाई शिक्षा सम्बन्धी जनचेतना जगाएकी थिईन् । 
Most Visited News (monthly)