Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेल्जियममा `नमस्ते नेपाल`

फिल्मीखबर, काठमाण्डौ, 2014/10/06
प्रदिप उदयको निर्माणमा राजु शाहले निर्देशन गर्दै गरेको फिल्म 'नमस्ते नेपाल'को सुटिङ यतिबेला युरोपको बेल्जियममा भईरहेको छ । नेपालबाट गएका अभिनेता सविन श्रेष्ठ र गोपाल ढकाल सहित आना, श्याम श्रेष्ठ, अडी, जर्ज लगायतले अभिनय गर्दैछन् । 
 
 
बेल्जियम, फ्रान्स, जर्मन तथा युरोपका अन्य मुलुकमा छायांकन हुने भनिएको यो फिल्मलाई दिव्य सुवेदीले खिच्दैछन् । निर्माणमा ७५ लाख खर्च हुने बताईएको यो फिल्ममा प्रदिपसँगै श्रीजु शाह र मन्दिरा श्रेष्ठको लगानी छ । फिल्ममा वसन्त सापकोटा र ओम सुनारको संगीत, चन्द्र पन्तको एक्सन, राजु शाह र चरन प्रधानको नृत्य निर्देशन छ । 
 
 
प्रदिपले निर्माण गरेको फिल्म 'अधकट्टी' आउँदो फागुन १ गतेबाट प्रदर्शन हुनेछ भने सोही महिनाबाट ऋषि लामिछानेलाई लिएर अर्को फिल्म निर्माण गर्दैछन् । प्रदिप हाल सुटिङका लागि बेल्जियममै छन् ।   
 
Most Visited News (monthly)