Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

यस्तो छ आठ बर्षे बालकको निर्देशन (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/10/06
सम्पूर्ण प्रकृया पुगेको खण्डमा आगामी मंसीर २६ गते रिलिज हुन लागेको नेपाली फिल्म 'लभ यू बाबा'का निर्देशक सौगात बिष्टको नाम केहि दिनमा नै गिनिज बुक अफ द वर्ल्ड रेकर्डस्मा दर्ता हुनेछ । सौगातले सबैभन्दा कम उमेर अर्थात् ८ बर्षमै फिल्म निर्देशन गरेका हुन् । 

यिनै बाल निर्देशकको फिल्म 'लभ यू बाबा'को टिजर रिलिज भईसकेको छ । जहाँँ उनकै पिता गजित बिष्ट र दिदी संगम बिष्ट मुख्य भूमिकामा छन् । फिल्मले बाउ छोरीको प्रेमकथालाई प्रस्तुत गरेको छ । फिल्मको कथा लेखन सौगातका काका गम्भिर बिष्टको रहेको छ ।   
 

'लभ यू बाबा'मा आमाविहीन १० वर्षीया बालिकालाई हुर्काउन एउटा बुबाले गरेको संघर्षको कथालाई प्रस्तुत गरिएको छ । फिल्ममा गजित र संगमको साथमा निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा, अनमोल अग्रवाल लगायतले अभिनय गरेका छन् । 

दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा सत्य–स्वरुप आचार्य, डेनी निरौला, दीपक शर्मा र प्रदिप बास्तोलाको संगीत तथा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको छ । यो फिल्मलाई सम्झना पोखरेल र रोशनी बज्राचार्यले मिलेर निर्माण गरेका हुन् । सम्झना सौगातकी आमा हुन् । 

Most Visited News (monthly)