केहि साता अगाडी रिलिज भएको फिल्म 'श्री ५ अम्बरे'को पोस्टरलाई आधार मान्ने हो भने अभिनेता सौगात मल्लको भूमिकाले देशको राजाको कथानकको झल्को दिन्छ । तर, निर्माण युनिटका अनुसार फिल्मले टोले राजाको कथा भन्ने छ जहाँँ सौगातले मुख्य भूमिका निर्वाह गरेका छन् ।
.jpg)
प्रतिक्षारत फिल्मको सूचिमा रहेको 'श्री ५ अम्बरे'मा सौगात कसरी टोले राजा बनेका छन् ? उनले दर्शकलाई कसरी मनोरञ्जन देलान् त ? गीत बाहेक अनलाईन मार्फत अन्य चलायमान दृश्य सार्वजनिक नभएपनि दर्शकका लागि रोचक लाग्न सक्ने केहि तस्विरहरू भने सार्वजनिक गरिएको छ जहाँँ सौगातसहित अभिनेत्री केकी अधिकारी सहित अन्य पात्रहरूले आफ्नो भूमिका र कथालाई स्थिर रूपमा झल्काएका छन् ।



'यो मनमा हमेशा' र 'आँखै अघि जल्यो मेरो घर' नामक गीत सार्वजनिक गरि चर्चा बटुलेको 'श्री ५ अम्बरे'को 'ट्रेलर' भने देशका हलहरूमा सार्वजनिक भईसकेको छ । अनलाईन मार्फत केहि दिनमा 'ट्रेलर' सार्वजनिक गरेर दर्शकलाई थप प्रतिक्षित बनाउने निर्देशक दीपा बस्नेतको योजना छ । निर्देशक बस्नेतले कथा खुल्ने भएकाले केहि तस्विरहरू गोप्य राखिएको जानकारी गराईन् ।



जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित यस फिल्मलाई टि. एन. आचार्य र दिपक आचार्यले निर्माण गरेका हुन् । फिल्ममा सौगात मल्ल, केकी अधिकारी, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ, मार्टिन खान, राज गोदाइली, रिया श्रेष्ठलगायतले अभिनय गरेका छन् । अभिनेत्री प्रियंका कार्कीको बिशेष भूमिका छ । यो फिल्म मंसिर ५ गते रिलिज हुँदैछ ।




