Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`वडा नम्बर ६`लाई उज्जवलले निर्देशन गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/10/05
'छ एकान छ' निर्माण गरेका दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले दोस्रो प्रोजेक्ट 'वडा नम्बर ६'को निर्देशन जिम्मा उज्जवल घिमिरेलाई दिएका छन् । 'अन्दाज' निर्देशन गरेपश्चात सकृय नदेखिएका उज्जवलले लामो समयपछि कमेडी फिल्म निर्देशन गर्ने भएका हुन् ।
 
 
अभिमन्यू निरवीसँग मिलेर दिपकराजले तयार पारेको स्क्रिप्टमा 'छ एकान छ'कै मुख्य अभिनेता शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल र सन्दीप क्षेत्रीसहित दीपकराज स्वयंले अभिनय गर्नेछन् । अभिनेत्रीमा भने 'छ एकान छ'की निता ढुंगाना दोहोरिने संभावना न्यून छ ।    
 
कमेडी जनरामै निर्माण हुन लागेको यो फिल्मको सुटिङ मंसिर १ गतेदेखि शुरू हुने जनाईएको छ । फिल्मका अन्य कलाकार र प्राबिधिक छिट्टै सार्वजनिक हुने छन् । 
 
   
Most Visited News (monthly)