मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

निर्माता संघबाट रेखा थापा निष्काशित

फिल्मीखबर, काठमाण्डौ, 2014/10/05
नियम विपरित 'हिम्मतावली' फिल्म प्रर्दशन गरेका कारण नेपाल चलचित्र निर्माता संघले अभिनेत्री तथा निर्माता रेखा थापालाई साधारण सदस्य समेत नरहने गरी संघबाट हटाएको छ । संघको हित र नीति विपरित कार्य गरेको भन्दै संघले प्रेस रिलिज गरी रेखालाई संघबाट निष्काशित गरेको हो ।     
 
चलचित्र संघ र निर्माता संघ बीच २०६० साल श्रावण २३ गते भएको १९ बुँदे सहमति अनुसार शुक्रवार वाहेक अन्य दिनमा स्वदेशी नयाँ फिल्मको प्रर्दशन काठमाण्डौ उपत्यकामा गर्न नपाईने ब्यवस्था थियो । रेखाले सोही सहमती पालना नगरी 'हिम्मतवाली' फूलपातीको दिन प्रर्दशन गरेपछि  संघले रेखा माथि कारवाही गरेको हो ।
 
यसैगरी 'हिम्मतवाली' प्रदर्शनका लागि चलचित्र संघले १९ बुँदे सम्झौतालाई तोडेको गरेको ठहर गर्दै निर्माता संघले चलचित्र संघप्रति खेद प्रकट गरेको छ । निर्माताहरूको हकहितका विपरित कार्य गरेको भन्दै दशैं सकिएलगत्तै निर्माता संघले बिशेष भेलाको आयोजना समेत गर्ने निर्णय गरेको छ । 
 
सञ्चार मन्त्रायलको निर्देशनलाई कार्यान्वयन गर्दै चलचित्र बिकास बोर्डले काठमाण्डौका सम्पूर्ण हललाई फूलपातीका दिनदेखि 'हिम्मतवाली' रिलिज नगर्न पत्र काटेको थियो । रेखा र हल सञ्चालकले सरकारी निर्णयलाई नै अटेर गरी फूलपातीकै दिन 'हिम्मतवाली' रिलिज गरेका हुन् । बुझिएअनुसार सरकारी कार्यालय खुलेपछि रेखा र हलवालामाथि सरकारी कारवाही हुने भएको छ ।