'होस्टल' डेब्यू निर्देशक हेमराज बिसीको तेस्रो फिल्म 'जेरी'को अफिसियल प्रोमो सार्वजनिक भएको छ । यो फिल्ममा 'होस्टल' डेब्यू अभिनेता अनओल केसी मुख्य भूमिकामा छन् ।
पूर्ण रूपमा प्रेमकथामा बनेको 'जेरी'मा अनमोलसहित अन्ना शर्मा, अमल्या शर्मा, अभिषेक मान शेरचन मुख्य भूमिकामा छन् । कार्तिक २८ गते रिलिज मिति तय गरिएको यो फिल्मलाई मनोज शेरचनले निर्माण गरेका हुन् ।
सम्राट प्रसाद गौचन सह-निर्माता रहेको 'जेरी'को कथा सम्राट प्रसाद गौचन र निर्देशक बिसीले लेखेका हुन् । फिल्ममा नरेन लिम्बुको संगीत, शैलेन्द्र डि कार्कीको छायाँकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ
हेमराजले निर्देशन गरेको दोस्रो फिल्म 'सम्बोधन' यही माघ १६ गतेबाट प्रदर्शनमा आउँदैछ । यस्तै अनमोललाई नै लिएर हेमराजले अर्को फिल्म निर्देशन समेत गर्दैछन् ।

