मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`जिन्दगी रक्स`को `लखर लखर` गीत सार्वजनिक

फिल्मीखबर, काठमाठौं, 2014/10/02

भि प्रोडक्सनको प्रस्तुतीमा निकेश खड्काको निर्देशनमा निर्माण भैरहेको नयाँ नेपाली फिल्म ‘जिन्दगी रक्स’ को नयाँ गीत फुलपातीको अबसर पारेर रिलिज गरिएको छ । अहिले रिलिज गरिएको यो गीतमा सुगम पोखरले र गिरिस खतिवडाको स्वर रहेको छ । यस गीतको शव्द तथा संगीत सुगम पोखरेलको नै रहेको छ । गीतको एरेन्ज भने मोहित मुनालले गरेका हुन् ।

यस फिल्ममा प्रकृति श्रेष्ठ, आकेश बिष्ट, रिचा शर्मा, सौरम राज तुलाधर, सोनम पाख्रिन, मकन राइ, बिनोद मैनाली तथा बिक्की पुलामीको प्रमुख भूमिका रहेको छ । फिल्मको निर्माण सुजाता श्रेष्ठले गरेकी हुन् । फिल्मको छायाँकन हरि हुमागाइँले गरेका छन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।