मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्दियाका बाढी पीडितलाई फिल्मकर्मीको सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2014/09/30
गत महिना बबई नदी उर्लेपछि बर्दिया जिल्लाको पदनाहा गाविसको वडा नम्बर ७ र ८ मा आएको बाढीबाट प्रभावित बनेका पिडीत परिवारहरूलाई फिल्मकर्मीले दशैंको अवसर पारेर आर्थिक सहयोग गरेका छन् । 
 
समाजसेवामा आफ्नो स्थान बलियो बनाउँदै आएका ब्लकबस्टर फिल्म 'कोहिनूर'का निर्देशक आकाश अधिकारीसहित अहिलेका चर्चित कलाकारहरू जीवन लुईटेल, प्रियंका कार्की, केकी अधिकारी र नन्दिता केसीले बाढी पीडितलाई आर्थिक सहयोग गरेका हुन् ।
 
फिल्मीखबर डट कमले संयोजन गरेको राहत संकलन कार्यमा यि चर्चित हस्तिहरूले रू ४० हजार नगद र केही लत्ताकपडा सहयोग स्वरूप दिएका हुन् । संकलित रकम फूलपातीको दिन पारेर एक कार्यक्रमका विच वितरण गरिने छ । 
 
'म पहिलेदेखि नै सामाजिक कार्यमा अग्रसर हुँदै आएको छु । यो दशैंको मुखमा पीडित परिवारलाई केही भएपनि राहत होला भनेर आर्थिक सहयोग गरेको हुँँ, 'निर्देशक अधिकारीले भने । निर्देशक अधिकारीले यसअघि पनि सामाजिक कार्य गर्दै आएका छन् भने यि अभिनेता तथा अभिनेत्रीहरू पनि बेलाबेला सामाजिक कार्यमा सकृय हुने गरेका छन् ।  
 
बर्दिया जिल्ला सहित मध्यपश्चिम क्षेत्रमा आएको ठूलो बाढीले अहिले पनि जनजिवन कष्टकर बनिरहेको छ । बर्दिया जिल्लामा झण्डै २० हजार परिवारको उठिबास भएको रिपोर्ट छ । घर विहीन भएका बाढि पीडितलाई सरकारी तवरबाट खासै ठूलो सहयोग नभएपनि अन्य क्षेत्रबाट भने सहयोग आईरहेको पीडित परिवारहरूले बताएका छन् ।