मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(15 votes, avg 3.60/5.00)
Text size:-
+
-

`हिम्मतवाली` प्रदर्शनमा रोक

फिल्मीखबर, काठमाण्डौ, 2014/09/30
सञ्चार मन्त्रायलको निर्देशनलाई कार्यान्वयन गर्दै चलचित्र बिकास बोर्डले भोली बुधवारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'हिम्मतवाली' रिलिज नगर्न काठमाण्डौका हलहरूलाई पत्राचार गरेको छ ।
 
काठमाण्डौ उपत्यकामा शुक्रबार मात्र फिल्म रिलिज गर्ने प्राबधान रहेकाले भोली बुधवार रिलिज हुन लागेको 'हिम्मतवाली'को रिलिज रोक्न बिकास बोर्डले चलचित्र संघसहित उपत्यकाका सबै हललाई पत्र काटेको हो । 
 
नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघबिच २०६० साल श्रावण २३ गते सम्झौता पत्रको बुँदा नम्बर ९ मा 'काठमाण्डौ उपत्यकामा नयाँँ स्वदेशी फिल्मको प्रदर्शन गर्दा अनिवार्य रूपमा शुक्रबार मात्र गर्नुपर्ने' लेखिएको छ । सोही सम्झौता पत्र अनुसार सञ्चार मन्त्रालयले चलचित्र बिकास बोर्डलाई सम्झौता कार्यान्वयन गर्न आदेश दिएपछि बोर्डले यस्तो कदम चालेको हो । 
 
चलचित्र बिकास बोर्डले हललाई 'हिम्मतवाली' रिलिज नगर्न आदेश दिएपछि भोली काठमाण्डौका कुनैपनि हलमा रेखा थापा अभिनित तथा निर्देशित यो फिल्म रिलिज हुनेछैन । यदि कुनै हलले रिलिज गरेको खण्डमा कानुन अनुसारको कार्वाही हुने बोर्डले जनाएको छ । काठमाण्डौ उपत्यका बाहिर भने यो फिल्म भोली बुधवार नै लाग्नेछ । बोर्डले काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालय तथा डिजिटल सिनेमा नेपाल र क्यूब सर्भर गोपीकृष्ण मुभिज प्रालीलाई समेत बोधार्थ पत्र पठाएको छ ।  
 
यता गत आईतवार बसेको निर्माता संघको कार्यसमिती बैठकले पनि शुक्रबारबाहेक अन्य दिन कथामाण्डौमा फिल्म रिलिज गर्न नपाईने निर्णय गरेको थियो । आफ्नो निर्णयलाई लिएर निर्माता संघले 'हिम्मतवाली' रिलिज गर्न नदिन पहल गरेको बुझिएको छ ।