मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

८ बर्षे बालकको फिल्म मंसिरमा | विश्व रेकर्डका लागि प्रकृया शुरू

फिल्मीखबर, काठमाण्डौ, 2014/09/28
अभिनेता गजित विष्टका आठ वर्षीय छोरा सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यु बाबा’ मंसिर २६ मा प्रदर्शन हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै फिल्मले फस्टलुक सहित सार्वजनिक प्रदर्शनको मिति घोषणा गरेको हो ।
 
 
 
अनामनगरस्थित मण्डला थिएटरमा सौगात निर्देशित ‘लभ यू बाबा’ को पहिलो पोस्टर र टिजरसँगै फिल्मको दुई गीत देखाईयो । गीत हेरेपश्चात उपस्थित सबैले खुलेर प्रशंशा गरे । अभिनेता गजित बिष्टले पटकथालाई दृश्यमा उतार्ने काम सोचेभन्दा राम्रो भएको बताए । प्रेम, माया र मध्यम वर्गीय परिवारको व्यक्तिले आफ्नो छोरीको हरेक इच्छा, आकांक्षा पूरा गर्नका लागी गरेको संघर्ष फिल्ममा देखाउन खोजिएको गजितले बताए । 
 
फिल्ममा आमाविहीन १० वर्षीया बालिकालाई हुर्काउन एउटा बुबाले गरेको संघर्षको कथालाई प्रस्तुत गरिएको छ । संगम विष्ट, गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा, अनमोल अग्रवाल लगायतले अभिनय गरेको यो फिल्मलाई सम्झना पोखरेल र रोशनी बज्राचार्यले मिलेर निर्माण गरेका हुन् ।  
 
 
 
 
कार्यक्रममा ‘योङगेस्ट फिल्म डाइरेक्टर’को रुपमा सौगातको नाम गिनिज वल्र्ड रेकर्डस्मा पुर्‍याउने तयारी भइरहेको पनि जानकारी गराइयो । विश्व रेकर्ड होल्डर्स परिषद नेपालका अध्यक्ष दीपक शर्मा बजगाईंले गिनिज बुकले पठाएको मापदण्ड अनुसार प्रमाण जुटाउने काम भइरहेको जानकारी गराए । ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्डले हाम्रो निवेदनलाई स्विकारी सकेको छ’, अध्यक्ष बजगाईँले भने– ‘हामी अहिले प्रमाण जुटाउने प्रक्रियामा छौ ।’ 
 
फिल्मलाई नृत्य निर्देशक गम्भिर विष्टले लेखेका हुन् । दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा सत्य–स्वरुप आचार्य, डेनी निरौला, दीपक शर्मा र प्रदिप बास्तोलाको संगीत तथा चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहेको छ ।