चितवनमा शनिबार फिल्म “मोडल”को शुभमुहुर्त गरिएको छ । राजु अधिकारीको कथा एवं उनकै निर्देशनमा बन्न लागेको सो फिल्मको शनिबार क्यान्सर अस्पतालको सभा हलमा एक कार्यक्रम गरि अभिनेता अमिर गौतमले फस्ट सट दिई शुभमुहुत गरिएको हो ।
कलाकार मिलन लामा गालेको प्रस्तुती एवं गायक भुवन प्यासी कार्यकारी निर्माता रहेको फिल्ममा बर्षा पौडेलले अभिनेत्रीको रूपमा डेब्यू गर्दै छिन् । फिल्म भित्रको फिल्मलाई मुख्य कथावस्तु बनाएर बनाउन लागिएको फिल्ममा मौनता श्रेष्ठको पटकथा रहेको छ ।
दिनेश गौतमको संगीत रहेको फिल्मको सुटिङ चितवनमा ७० प्रतिशत र बाँकि काठमाण्डौ र पोखरामा गरिने निर्देशक राजु अधिकारीले बताए । ४० लाखको लागतमा निर्माण लागिएको फिल्मको छायाकंन दसैं पछि गरिने छ । फिल्मलाई रवि कोईरालाले खिच्दैछन् ।

