नेपाली फिल्म बजारमा अर्को एक फिल्म थपिने भएको छ । आज शनिबार फिल्म 'वास्तव' निर्माणको औपचारिक घोषणा गरियो ।
निरज घिमिरेले निर्देशन गर्न लागेको यो फिल्ममा गरिमा पन्त, आयुष रिजाल, सुनिलदत्त पाण्डे, बिरेन डीसी, उत्तम खड्का लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मलाई गोपाल बहादुर स्याङत्याङले निर्माण गर्दैछन् । हेटौडा, पोखरा, मुडे, काठमाण्डौ लगायतका स्थानमा छायांकन हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फिल्ममा पवन गौतमको छायांकन, हिमाल केसीको द्धन्द निर्देशन, टंक बुढाथोकीको संगीत रहने छ । करिब ४० लाखको लगानीमा बन्न लागेको फिल्मभित्र सस्पेन्स, कमेडी, प्रेमलाई देखाइनेछ ।

