
नेपालमा नयाँ नाममाभन्दा नाफाको व्यापार गरेका फिल्मको सिरिज निर्माण गर्ने क्रम व्यापक फस्टाउँँदो छ । अघिल्लो फिल्मसँग कथावस्तुको हिसाबले कुनै साइनो नभएपनि व्यवसायिक लोभले निर्माता तथा निर्देशकहरु हिट फिल्मको नाममा सिरिज बनाउन लालयित हुने गरेका छन् । निर्देशक सुदर्शन थापाले पनि आफ्नो सफल फिल्म ‘म यस्तो गीत गाउँछु’ को दोस्रो सिरिज बनाएका छन्, जुन फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ ।


मुकुन्द भट्ट निर्देशित मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । फागुन २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको ट्रेलरमा पैसा र पावरको खेललाई देखाइएको छ । प्रोडक्सन भ्यालू उच्च देखिएको ट्रेलरमा एक्सन र संवाद हावी छ । त्यस्तै, फिल्मका कलाकारहरु सौगात मल्ल, अनुपविक्रम शाही र अर्पण थापाको भिन्न लुक्सले ध्यान खिच्छ ।

यही फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ को टिमले प्रचार-प्रसारलाई आक्रामक बनाउन थालेको छ । केही दिनदेखि हलको माहोल बुझ्न राजधानीका विभिन्न हलहरुमा पुगेको फिल्मको टिमले बुधवार थारु भाषाको प्रमोशनल गीत सार्वजनिक गरेको छ । निर्माण टिमले नेवारी भाषामा पनि एउटा प्रमोसनल गीत तयार पारेको छ ।

बलिउडकी ‘धक धक गर्ल’ को रुपमा चिनिने माधुरी दीक्षितले ९० को दशकमा आफ्नो अभिनय र डान्सको माध्यमबाट दर्शकको मनमा राज गरेकी थिइन् । एक समय यस्तो थियो कि उनको मुस्कानमा लाखौं मानिस फिदा हुन्थे । तर, उनका लागि फिल्ममा टिक्न त्यति सहज भने थिएन । करिअरको सुरुवाती दिनमा फिल्ममेकरले उनलाई फिल्ममा काम दिन इन्कार गर्ने गरेका थिए ।

कलाकारको प्रेम, ब्रेकअप, विवाह र डिभोर्सलाई फिल्म क्षेत्रमा साधारण रुपमा लिने गरिन्छ । आम मानिसले पनि कलाकारका यी कुरालाई साधारण रुपमै लिने गरेका छन् । यसैले अचेल कुनै कलाकारको कसैसँग नाम जोडिए न दर्शकलाई अनौठो लाग्छ न छुटिएको कुराले नमिठो बनाउँछ । तर, मिडियाका लागि कलाकारको सम्बन्ध गाँसिएको र तोडिएको कुरा गतिलै मसला बन्छ ।

