Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5983 - 5988 of 23769
फिल्मीखबर, काठमाडौं, 2022-02-15, मंगलवार

आउँदो चैत ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चिसो एस्ट्रे’ को दोस्रो गीत सार्वजनिक भएको छ । शिवरात्रीलाई लक्षित गर्दै सोमबार सार्वजनिक गरिएको गीतमा सविन राईको आवाज रहेको छ । पछिल्लो समय सांगीतिक दुनियाँबाट टाढा रहेका उनले यही गीतबाट कमब्याक गरेका हुन् । यो गीतमा अजर जंगमले संगीत भरेका छन् भने दिनेश पाल्पालीको शब्द रचना छ ।

फिल्मीखबर, काठमाडौं, 2022-02-15, मंगलवार

कोरोना महामारीका कारण फिल्म निर्माण ठप्प हुँदा अधिकांश कलाकारहरु बेरोजगार भए । महिनौंसम्म घरमै दिनचर्या वित्यो । महामारी केही साम्य भएपछि भने धेरैजसोले म्यूजिक भिडियोमा काम गरे । अहिले पनि यो क्रम जारी छ । तर, अभिनेता अनमोल केसीले आम्दानीकै लागि म्यूजिक भिडियोलाई प्रयोग गरेका छैनन् । बरु, उनी महामारीकै समयमा विभिन्न ब्रान्डहरुसँग जोडिए ।

फिल्मीखबर, काठमाण्डौ, 2022-02-15, मंगलवार

कोरोना महामारीका कारण पटक-पटक प्रदर्शन मिति सरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारी छ । फिल्मको प्रदर्शन नजिकिँदै गर्दा निर्माण टिमले प्रचार-प्रसारलाई तीव्र बनाएको छ । यसैक्रममा, फिल्मका कलाकारहरु पूजा शर्मा, पल शाह, निर्माता तथा निर्देशक सुदर्शन थापा र वितरक करण श्रेष्ठ ‘क्रेजी’ राजधानीका हल-हलमा पुगिरहेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2022-02-15, मंगलवार

बाल्यकालमा एक फिल्मको छायांकन सेटमा अभिनेता राजेश हमालसँग भेट गरेपछि सागर लम्सालले आफ्नो लक्ष्य नै हिरो बन्ने राखेका थिए । भारतमा चार्टर्ड एकाउन्टेन्ट पढ्दा पढ्दै परिवारलाई जन्डिसको वहाना बनाएर उनी हिरो बन्नकै लागि नेपाल फर्किए । त्यसपछि उनले फिल्मको हिरो बन्न काठमाडौंका गल्लीहरुमा जुत्ता खियाए । निर्देशकहरुसँग फिल्ममा रोल माग्दै विन्ती चढाए ।

फिल्मीखबर, काठमाडौं, 2022-02-14, सोमवार

अभिनेत्री रेखा थापा बैबाहिक जीवनमा बाँधिएकी छन् । निर्माता छविराज ओझासँग डिभोर्स भएपछि एकल जीवन विताउँदै आएकी उनले जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग विवाह गरेकी हुन् । प्राप्त जानकारी अनुसार, एक हप्ता अगाडि उनीहरुले कानुनी रुपमा विवाह गरेको हुन् । रेखाका श्रीमान् शाही लामो समयदेखि इजरायलमा बसोबास गर्ने गरेको जानकारी प्राप्त छ ।

फिल्मीखबर, काठमाडौं, 2022-02-14, सोमवार

फिल्म ‘घर’ पछि अभिनेत्री बेनिशा हमाल पर्दाबाट गायब छिन् । केही समय भारतमा फिल्म मेकिङको अध्ययन गरेकी उनले दोस्रो लकडाउनपछि फिल्म ‘प्रेमगञ्ज’ मा अभिनय गरेकी थिइन् । भ्यालेनटाइन डेको अवसरमा निर्माण टिमले उनको क्यारेक्टर पोस्टर ‘आउट’ गरेको छ । जसमा उनी बोल्ड अवतारमा प्रस्तुत छिन् । उनको लुक्सले फिल्मप्रति दर्शकको कौतुहलता बढाउने देखिन्छ ।

Results : 5983 - 5988 of 23769
Most Visited News (monthly)