मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Follow up News Headlines
Results : 1 - 6 of 49
फिल्मीखबर, काठमाडौं, २०७९ वैशाख १७, शुक्रवार

अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनीत फिल्म ‘मन्त्र’ प्रदर्शनमा आएको छ । करीब ४ वर्ष अगाडि निर्माण भएको फिल्मले शुक्रवारबाट प्रदर्शन थालनी गरेको हो । बुधवार साँझ राजधानीमा भएको प्रिमियरमा सुखद् प्रतिक्रिया बटुलेको फिल्मले दर्शकबाट राम्रो साथ पाउनेमा निर्माण टिम विश्वस्त छ । हिमाली प्रेमकथा भनिएको यस फिल्मलाई मनास्लु क्षेत्रमा खिचिएको हो ।

एजेन्सी, मुम्बई, २०७४ फाल्गुन ५, शुक्रवार

फिल्मस्टारबाट नेता बन्न लागेका कमल हासनले तमिलनाडुका जनताका लागि राजनीतिमा जाने फैसला लिएका छन् । अब उनले नयाँ कुनै पनि फिल्म नगर्ने भएका छन् । कमल हासन आफ्नो पार्टी र यसको सिद्धान्त यसै महिना घोषणा गर्दैछन् । 

फिल्मीखबर, काठमाण्डौ, २०७१ श्रावण २५, आईतवार

अभिनेता श्रीकृष्ण श्रेष्ठको फिल्म हेर्दा दर्शक हलबाट रूँदै बाहिरिन्थें । पर्दामा दर्शकलाई रूवाउन सिपालु श्रीले आज भने पर्दा बाहिर नै रूवाए । आज उनको दुःखद निधनले दर्शक, शुभचिन्तक एवं सिङ्गो फिल्म क्षेत्र रोएको छ । ‘श्रीकृष्ण श्रेष्ठको निधन भयो’ भन्ने खबरएक बिहानै सुन्दा धेरैलाई अविश्वश्नीय लाग्यो । 

फिल्मीखबर, काठमाण्डौ, २०७१ श्रावण २, शुक्रवार

बिरोध, चर्काचर्की र विवादपछि झण्डै हात हालाहालको स्थितिमा पुगेको चलचित्र निर्देशक समाजको साधारण सभा सरेको छ । निर्देशक समाजको १० औं साधारण सभा आउँदो भदौ १० गतेलाई तोकिएको छ । साधारण सभा सार्नुको कारणलाई संस्थापन पक्षले सदस्यहरुको कोरम नपुगेको भन्ने देखाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०७१ आषाढ १५, आईतवार

मुटुमा समस्या आएपछि हस्पिटलको सिसियु कक्षमा रहेका नीर शाहको स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन । शाह पारिवारका निकट सदस्य कला निर्देशक निर्जल श्रेष्ठले डाक्टरहरुले साँझ अक्सिजन माक्स झिक्ने प्रयाश गरेपनि सो प्रक्रिया असफल भएको बताए ।

फिल्मीखबर, काठमाण्डौ, २०७० आश्विन २, बुधवार

कानुनको सम्मान गर्दै हाँस्य कलाकारद्धय दिपकराज गिरी र दिपाश्री निरौलाले मादक पदार्थ सेवन (मापसे) कक्षा लिएका छन् । दिपा र दिपकले हिजो (असोज १ गते) साँझ महानगरीय ट्राफिक प्रहरी महाशाखा कार्यालयमा १ घण्टाको चेतना मुलक कक्षा लिएका हुन् ।

Results : 1 - 6 of 49