Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अर्की करिश्माको प्रेममा सलोन

फिल्मीखबर, काठमाडौं, 2022/02/16
salon basnet
 
कलाकारको प्रेम, ब्रेकअप, विवाह र डिभोर्सलाई फिल्म क्षेत्रमा साधारण रुपमा लिने गरिन्छ । आम मानिसले पनि कलाकारका यी कुरालाई साधारण रुपमै लिने गरेका छन् । यसैले अचेल कुनै कलाकारको कसैसँग नाम जोडिए न दर्शकलाई अनौठो लाग्छ न छुटिएको कुराले नमिठो बनाउँछ । तर, मिडियाका लागि कलाकारको सम्बन्ध गाँसिएको र तोडिएको कुरा गतिलै मसला बन्छ ।
 
प्रेम सम्बन्धका कारण चर्चामा रहने अभिनेतामा सलोन बस्नेतको नाम पनि अगाडि आउँछ । फिल्म ‘लभ सब’ मा एकसाथ काम गर्ने क्रममा उनी अभिनेत्री करिश्मा श्रेष्ठको प्रेममा डुबेका थिए । पछि उनीहरुको ब्रेकअप भयो । केही समयमै फेरि उनीहरु मिले र अर्को फिल्म ‘बाबु कान्छा’ मा काम गरे । तर, फिल्म डुबेसँगै यो जोडीको प्रेममा पनि ग्रहण लाग्यो । अन्ततः उनीहरु अलगिए ।
 
तर, सलोनको जीवनमा रोचक संयोग के जुरेको छ भने एउटी करिश्माबाट अलग भएपनि उनको जीवनमा अर्की करिश्माको आगमन भएको छ । यतिबेला सलोन एयर होस्टेज करिश्मा केसीको प्रेममा रमाइरहेका छन् । उनले ‘भ्यालेनटाइन डे’ मा करिश्मासँगको तस्विर इन्स्टामा पोस्ट गर्दै प्रेम सम्बन्ध खुलाएका हुन् । यो जोडी दुई वर्षदेखि प्रेममा रहेको जानकारी प्राप्त छ ।
 
करिश्मा केसीले इन्स्टाग्राममा सलोनसँगका तस्विरहरु बाक्लै पोस्ट गरेकी छन् । उनीहरुले ‘यति माया गर्दा पनि’ बोलको एक म्यूजिक भिडियोमा अभिनय समेत गरेका छन् । सलोन, करिश्मासँग चाँडै लगनगाँठो कस्ने योजनामा रहेको स्रोतले बताएको छ । करिश्माले बर्षा राउत र संजोग कोइरालाले दरबारमार्गमा सञ्चालन गरेको कोरियन रेष्टुरेन्ट ‘जेजु डो’ मा लगानी पनि गरेकी छन् ।
 
Most Visited News (monthly)