Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5989 - 5994 of 23769
फिल्मीखबर, काठमाडौं, 2022-02-14, सोमवार

अभिनेता अर्जुन कपूरले आफूभन्दा १३ वर्ष जेठी मलाइका अरोडासँग डेट गर्दा मानिसहरुले यति विध्न नकारात्मक कुरा गर्छन् भन्ने सोचेका पनि थिएनन् । अर्जुनले आफूहरुको जिन्दगी कयौं दिन नर्क बनेको बताएका छन् । दुवैले केही समय डेट गरेपछि सन् २०१९ मा रिलेसनसिपको बारेमा जानकारी दिएको थिए । तर, यो जोडीले आफूहरुको सम्बन्धको बारेमा धेरै कुरा खुलाएको छैन ।

फिल्मीखबर, काठमाडौं, 2022-02-14, सोमवार

कुनै समय राजेश हमालको टाउको पोस्टरमा राखेको भरमा फिल्म हेर्न हलमा दर्शकको भीड लाग्थ्यो । निर्माताले बोराका बोरा पैसा घर लैजान्थे । केही वर्षयता अभिनेता अनमोल केसीको हकमा यो कुरा लागू हुँदै गएको देखिन्छ । उनलाई एक झल्को हेर्नका लागि मात्रै पनि हल पुग्नेको संख्या ठूलो छ । ‘कृ’ र ‘क्याप्टेन’ लाई छाड्ने हो भने उनका अरु फिल्मले मनग्य कमाई गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-02-14, सोमवार

अभिनेता राजेश हमाल पर्दामा नदेखिएको चार वर्षभन्दा बढी भइसकेको छ । फिल्म ‘सकुन्तला’ को असफलतापछि उनले अफर आएका कुनै फिल्म साइन गरेनन् । बरु, फाट्टफुट्ट म्यूजिक, देश-विदेशमा हुने सांस्कृतिक कार्यक्रम र टिभी कार्यक्रममा उनले आफूलाई व्यस्त राखे । यो बीचमा उनी आफैंले फिल्म निर्देशन गर्न लागेको चर्चा पनि चलेको थियो । तर, त्यो चर्चामै सीमित रह्यो ।

फिल्मीखबर, काठमाडौं, 2022-02-13, आईतवार

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘म यस्तो गीत गाउँछु’ को चर्चित गीत ‘आफ्नै सम्झि परेली छुन्छौ भने तिमी’ को हुक लाइन समावेश गरेर तयार गरिएको गीतमा गायक सुरेश लामा र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । गीतको अडियो एक मिनेट ३२ सेकेण्डको मात्र छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-02-13, आईतवार

फिल्म ‘रामकहानी’ मा काम गरेपछि अभिनेता आकाश श्रेष्ठको करिअर चम्कियो । भलै, यसपछि उनले अभिनय गरेका फिल्म चलेनन् तर म्यूजिक भिडियोमा उनी सर्वाधिक खोजिने मोडल बने । अभिनेत्री पूजा शर्मासँग नाम जोडिएपछि उनलाई न फिल्मको कमी भयो न म्यूजिक भिडियोको । कोरोना महामारीपछि फिल्ममा रोकिएको उनक व्यस्तता म्यूजिक भिडियोमा भने कायमै छ ।

फिल्मीखबर, काठमाडौं, 2022-02-13, आईतवार

यही फागुन १३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘लप्पन छप्पन २’ को रिलिज पोस्टपोन्ड भएको छ । नेपाल चलचित्र संघले फागुन १३ मा अर्को फिल्म ‘म यस्तो गीत गाउँछु २’ लाई प्रदर्शन अनुमति दिएपछि निर्माण टिमले फिल्मको प्रदर्शन सारेको हो । अब यो फिल्म फागुन २० गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । अहिलेसम्म यो मितिमा अरु नेपाली र विदेशी फिल्म छैनन् ।

Results : 5989 - 5994 of 23769
Most Visited News (monthly)