मिति : २०८१ वैशाख १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1 - 6 of 21177
फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १६, आईतवार

यही बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’को कमेडीयुक्त ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट २० सेकेण्ड लम्बाईको ट्रेलरले खजुरे पात्र (रेअर राई)लाई पछ्याएको छ । मनमौजी जीवन बाँचिरहेको उसको प्रेम जीवन र पैसाले गर्दा उत्पन्न परिस्थितिलाई ट्रेलरले देखाउँछ । खजुरे पात्रको जीवनशैली रोचक देखिन्छ । ऊ कहिले साबुन खान्छ त कहिले १७ प्लेट मःम । यो धरानको एक चर्चित व्यक्तिबाट प्रभावित पात्र हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १६, आईतवार

बुद्ध जयन्तीको दिन पारेर आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको अभिनेत्री पूजा शर्मा स्टारर फिल्म ‘दान्भी’ले अन्ततः मैदान छाडेको छ । फिल्मलाई पूर्वघोषित मितिमा रिलिज नगर्ने निर्णयमा निर्माण टिम पुगेको हो । प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघसँगको छलफलपछि निर्माताले फिल्मलाई जेठ १० मा प्रदर्शन नगर्ने निर्णय गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १६, आईतवार

क्रिकेटमा नेपाली खेलाडीको प्रदर्शन मात्र सुध्रिएको छैन, समर्थक पनि बढेका छन् । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको खेल हेर्न हजारौंको उपस्थिति देखिएको थियो । क्रिकेटप्रति बढ्दो क्रेजलाई मध्यनजर गर्दै नेपाली फिल्मले समेत खेल मैदानलाई प्रचारको रुपमा प्रयोग गरिरहेको छ । क्रिकेट मैदानमा फिल्मको होडिङ बोर्ड राख्नेदेखि खेलको क्रममा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार प्रदान गर्ने ट्रेन्ड फस्टाएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १६, आईतवार

निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो महत्वाकांक्षी फिल्म ‘बलिदान’मा कलाकारको बलियो ‘लाइनअप’ बनाएका छन् । यो फिल्मबाट विराज भट्टका छोरा समीर भट्टले अभिनेताको रुपमा डेब्यु गर्दैछन् भने सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, दिव्य देवको पनि मुख्य भूमिका रहनेछ । आगामी जेठ पहिलो साताबाट छायांकनको तयारी गरिएको फिल्मको यतिबेला पूर्वको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १६, आईतवार

करिब ९ वर्षअघि प्रदर्शन भएको फिल्म ‘षडङ्ग’बाट सुरज सुनुवारले निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्मको व्यापारिक नतिजा अपेक्षाकृत नभएपछि निर्देशनबाट टाढा देखिएका उनले ‘खजुरे ब्रो’बाट कमब्याक गरेका हुन् । यही बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई उनले धरानमा एक समय निकै चर्चित मानिएका खजुरे (अनिल) पात्रबाट प्रभावित भएर बनाएका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख १६, आईतवार

अब नेपाली फिल्ममा स्क्रिप्ट हिरो बन्दैछ भन्ने प्रमाणित फिल्म ‘बोक्सीको घर’ले गरेको छ । यसमा स्टारडम भएका कलाकार छैनन् । तर, फिल्मले सिक्वेल वा मल्टीस्टारर फिल्मको भन्दा ठूलो ओपनिङ गर्‍यो । शुक्रबार फिल्मले ७० प्रतिशतसम्म अकुपेन्सी कायम गरेको थियो । शनिबार विदा हुँदा अकुपेन्सी दर थप उच्च रह्यो । फिल्मले दुई दिनमै बक्स अफिसमा आकर्षक अंक जोडेको छ ।

Results : 1 - 6 of 21177