Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन

फिल्मीखबर, काठमाडौं, 2026/05/05

Salin Man Bania, Salon Basnet

 

२०८० सालको माघमा घोषणा गरिएको फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज्’ अब भने निर्माण हुने भएको छ । मंगलबार युट्युबमार्फत फिल्मको फर्स्टलुक टिजर सार्वजनिक गर्दै ‘कास्ट एन्ड क्रु’ र कथावस्तुबारे जानकारी गराइएको छ । एक्सनलाई प्राथमिकतामा राखिएको टिजरले कलेजमा विद्यार्थीबीच हुने गुन्डागर्दीलाई फिल्मले मुख्य विषयवस्तु बनाएको संकेत दिन्छ ।

सार्वजनिक टिजरमा फिल्मका दुई मुख्य अभिनेता सलिनमान बनियाँ र सलोन बस्नेत कलेजमा एक ग्याङसँग लडिरहेका देखिन्छन् । सलिनको एक्सन शैली र हुलियाले कोरियन ड्रामाको झल्को दिन्छ । टिजरमा उनको कमब्याकलाई ‘मौनतापछिको आँधी’को संज्ञा दिँदै ‘स्टाइलिस स्टार’को ट्याग दिइएको छ । सलिनले यही फिल्मबाट करिब ७ वर्षपछि कमब्याक गर्न लागेका हुन् ।

सलिनमान स्वयंको कथा रहेको यस फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गर्नेछन् । सुरेशले यसअघि फिल्म ‘रंगी’ बनाएका थिए । फिल्मको मुख्य भूमिकामा सलिन र सलोन नै हुनेछन् भने अन्य कलाकारबारे जानकारी गराइएको छैन । यद्यपि, निकट स्रोतका अनुसार फिल्ममा अभिनेता अनमोल केसीको पनि विशेष भूमिका रहनेछ । 

सलोनको कम्पनी सान्भी इन्टरटेन्टमेन्टले निर्माण गर्ने यस फिल्ममा रोमन बज्रचार्यको पार्श्व संगीत, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, मनोज श्रेष्ठको भिएफएक्स तथा राजेन्द्र मोक्तानको रंग संयोजन रहनेछ । फिल्मको पटकथा तथा संवाद भने मन्दिप गौतमले तयार पारेका हुन् । फिल्मको छायांकन आगामी जेठबाट सुरु हुने जनाइएको छ । 

 

Most Visited News (monthly)