
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपटक फेरि पर्दामा देखिने भएको छ । ‘मितज्यू’का निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रातो घेरा’ (द रेड सर्कल)मा उनीहरू एकसाथ देखिन लागेका हुन् । अनिलको पहिलो फिचर फिल्म ‘घरज्वाइँ’मा पनि उनीहरूको मुख्य भूमिका थियो ।

यस वर्षको भदौ महिनामा नेपाली फिल्म रिलिजको चाप उच्च छ । तीज, जनै पूर्णिमा र कृष्ण जन्माष्टमीजस्ता पर्वको विदा परेको यो महिनामा एक दर्जन हाराहारी फिल्म प्रदर्शनको तयारीमा छन् । रेखा थापा निर्देशित ‘माया भनेकै यस्तै होला’देखि प्रियंका कार्कीको लगानीमा बनेको ‘मास्टर्नी’सम्म भदौमा प्रदर्शन हुँदैछन् ।

श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसर पारेर भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाः एक योद्धा’मा ‘बा’को भूमिकामा अभिनय गर्ने कलाकार सार्वजनिक गरिएको छ । फिल्ममा ‘बा’को भूमिका अभिनेता दिव्यदेव पन्तले निभाएका छन् । आइतबार निर्माताले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।


चलचित्र समीक्षक समाज (फिक्सन)ले २०८१ र २०८२ सालको ‘क्रिटिक्स फिल्म अवार्ड’ एकसाथ वितरण गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच २०८१ सालको १० वटा र २०८२ सालको ८ वटा विधामा अवार्ड प्रदान गरिएको हो । विजेताहरूलाई महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)देखि नवीन सुब्बासम्मले अवार्ड प्रदान गरे ।

निर्देशक चन्द्र पन्त र अभिनेता पल शाहले तेस्रो पटक फिल्ममा सहकार्य गर्ने भएका छन् । शुक्रबार उनीहरूबीच नयाँ फिल्मका लागि लिखित सम्झौता भएको हो । चन्द्र र पलको पहिलो पटक ‘आ बाट आमा’मा सहकार्य भएको थियो । यसको दोस्रो श्रृंखला (सिक्वेल)मा पनि पलको मुख्य भूमिका रहेको छ । नयाँ फिल्मको भने नाम सार्वजनिक गरिएको छैन ।

