Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लप्पन छप्पन २’ ट्रेलर : पैसा र पावरको खेल

फिल्मीखबर, काठमाडौं, 2022/02/16
Saugat Malla
 
मुकुन्द भट्ट निर्देशित मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । फागुन २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको ट्रेलरमा पैसा र पावरको खेललाई देखाइएको छ । प्रोडक्सन भ्यालू उच्च देखिएको ट्रेलरमा एक्सन र संवाद हावी छ । त्यस्तै, फिल्मका कलाकारहरु सौगात मल्ल, अनुपविक्रम शाही र अर्पण थापाको भिन्न लुक्सले ध्यान खिच्छ ।
 
एक्सन जनरामा निर्माण भएको फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्वर्गीय दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । ‘लप्पन छप्पन २’ यही फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो । तर, यही मितिमा ‘म यस्तो गीत गाउँछु २’ आउने भएपछि फिल्म एक हप्ता पछाडि सरेको हो ।
 
गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको ‘लप्पन छप्पन २’ लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने मिलन श्रेष्ठको सम्पादन छ ।
 

Most Visited News (monthly)