
अभिनेता द्वय अनमोल केसी र सलोन बस्नेतले पहिलो पटक फिल्म ‘होस्टेल’ मा एकसाथ काम गरेका थिए । यसपछि पर्दामा उनीहरुको जोडी टुटेको छैन । ‘गाजलु, क्याप्टेन, ए मेरो हजुर ३ र ए मेरो हजुर ४’ मा एकसाथ काम गरेका उनीहरुको केमेस्ट्रीलाई दर्शकहरुले निकै रुचाउने गरेका छन् । यही कारण निर्माता-निर्देशकहरुले पनि यी दुईलाई फिल्ममा दोहोर्याउँदै आएका छन् ।

कोरोना महामारीको कारण देखाउँदै माघ ३ गतेबाट बन्द भएका सिनेमा हलहरु आजबाट खुलेका छन् । एक महिनापछि खुलेका हलहरुमा प्रदर्शनकै क्रममा रोकिएका दुई नेपाली फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’ पुनः प्रदर्शनमा आएका छन् । सिनेमा हल बन्द हुँदा ‘चपली हाइट ३’ तीन दिन मात्र प्रदर्शन हुन पाएको थियो भने ‘कठपुतली’ को तेस्रो हप्तामा प्रदर्शन रोकिएको थियो ।

नेपालमा कलाकारलाई उपाधि दिने होडबाजी नै चलेको छ । जसले जसलाई जुन उपाधि दिए पनि हुन्छ । न उपाधि लिनेलाई उपाधि पाउनुको कारण थाहा हुन्छ न दिनेले दिनुको कारण बुझेका हुन्छन् । मिडियामा चर्चाका लागि योगदानभन्दा ठूला उपाधि दिइन्छ । अनि, यही विषयमा फिल्म क्षेत्र दुई कित्तामा बाँडिन्छ । नजिककाले समर्थन गर्छन् अनि टाढाकाले विरोध जनाउँछन् ।


भारतकी विश्व प्रख्यात गायिका स्वं. लता मंगेशकरको जिन्दगी कुनै प्रेरणाभन्दा कम छैन । संघर्षसँग जुध्दै संगीतको दुनियाँमा आफ्नो अग्लो पहिचान बनाएकी उनी म्यूजिक इन्डस्ट्रीमा ७ दशकभन्दा लामो समयसम्म जोडिएकी थिइन् । भलै, अब उनी यो दुनियाँमा छैनन् तर उनको मधुर आवाज हर कोहीको दिलमा एक याद बनेर सधैं रहनेछ । उनको यसै साता निधन भएको हो ।

कोरोना महामारीका कारण दुई वर्ष हलहरु बन्द भएपछि वितरक र हलवालाहरुको संस्था नेपाल चलचित्र संघले नेपाली फिल्मको रिलिजलाई व्यवस्थित गर्न बैशाख १ गतेसम्म लागू हुने गरी एकै मितिमा दुई नेपाली फिल्म रिलिज नगर्ने निर्णय गरेको थियो । सबैभन्दा पहिला संघमा निवेदन दिएर प्रदर्शन मिति दर्ता गराउने फिल्मलाई मात्र प्रदर्शनको अनुमति दिइने संघको निर्णय थियो ।

