Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5959 - 5964 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2022-02-22, मंगलवार

केही महिना सामसुम भएको अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीबीचको विवाद फेरि सतहमा आएको छ । ८ महिना अगाडि उनीहरुबीच छलफल भएको अडियो रेकर्ड र एक महिला अधिकारकर्मीसँग समीक्षाले आफूमाथि पल शाहले दुर्व्यवहार गर्नुका साथै धोका दिएको बयानसहितको अडियो रेकर्ड बाहिर आएपछि यतिबेला सामाजिक सञ्जाल यही विषयले तातेको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-02-22, मंगलवार

आइतवार फिल्मीखबरले गोप्य स्रोतको जानकारीको आधारमा फिल्म ‘हनी बनी’ मा अभिनेता अनमोल केसी र अभिनेत्री सारा सिर्पालीले पहिलो पटक एकसाथ अभिनय गर्न लागेको खबर सार्वजनिक गरेको थियो । अन्ततः यो खबर सत्य निस्किएको छ । सोमवार निर्माण टिमले सारासँग कागजी सम्झौता गरेको छ । अनमोल भने गत महिना नै फिल्ममा अनुबन्धित भइसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2022-02-21, सोमवार

यही फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस वर्षको आशातित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘चुपचाप जिन्दगी’ बोलको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द तथा संगीत अर्जुन पोखरेलको हो । थारु र नेवारी प्रमोशनल गीतबाहेक फिल्ममा समावेश सम्पूर्ण गीतहरुमा अर्जुनले नै संगीत भरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-02-21, सोमवार

फिल्मको छायांकनका लागि ठाउँ चिनाउने उद्देश्यले शुक्रबारदेखि फोटोग्राफर गौतम धिमालको एकल फोटो प्रदर्शनी भइरहेको छ । काठमाडौंको मन्डिखाटारमा धिमालले खिचेका फोटोहरु प्रदर्शनीमा राखिएको हो । सो अवसरमा उनको ‘हिमालयन फेसन एडभेन्चर’ पुस्तक पनि विमोचन गरिएको छ । उक्त पुस्तकमा समाविष्ट उत्कृष्ट तस्बिरहरूलाई प्रदर्शनीमा राखिएको उनले बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2022-02-21, सोमवार

करीब चार वर्ष अगाडि अभिनेता अनमोल केसीको नाम अभिनेत्री सारा सिर्पालीसँग जोडिएको थियो । उनीहरु प्रेममा रहेको र साराको जन्मदिन मनाउन अनमोल नगरकोटसम्म पुगेको चर्चा चलेको थियो । तर, पछि दुवैले यो कुराको खण्डन गरे । यसपछि उनीहरुको नाम जोडेर समाचार बनेका छैनन् । तर, अब उनीहरुले फिल्ममा एकसाथ काम गर्न लागेको खबर प्राप्त भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-02-21, सोमवार

‘चपली हाइट’ का निर्माता अर्जुन कुमारले गत वर्ष फिल्म ‘गोरे सार्की’ को घोषणा गरेका थिए । उनी यो फिल्मबाट निर्देशनमा डेब्यू गर्ने तयारीमा थिए । तर, अब उनले निर्देशनको जिम्मेवारी निकेश खड्कालाई सुम्पिएका छन् । निकेशले यसअघि अर्जुनका ‘फाटेको जुत्ता’ र ‘चपली हाइट ३’ गरी दुई फिल्मको निर्देशन गरिसकेका छन् । अब तेस्रो पटक उनीहरुबीच सहकार्य भएको हो ।

Results : 5959 - 5964 of 23769
Most Visited News (monthly)