
माधव राज खरेल निर्देशित फिल्म ‘चिट्ठी’ का लागि शिवताण्डव गीत रेकर्ड गरिएको छ । राजेन्द्र बजगाईको संगीत संयोजन तथा बसन्त अर्यालको स्वर रहेको गीतलाई सुर संगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतलाई मनोज परियारले मिक्सिङ गर्नेछन् । कथाको मागअनुसार नै फिल्ममा शिवताण्डव गीत समावेश गर्न लागिएको निर्देशक खरेलले जानकारी दिए ।

निर्देशक मिलन चाम्सलाई फिल्म बनाउने मेशिन भन्ने गरिन्छ । अरु निर्देशकहरु वर्षमा एउटा फिल्म पनि मुश्किलले बनाइसक्छन् । मिलनले भने वर्षमै तीन/चारवटासम्म फिल्मको छायांकन गरेर प्रदर्शन गर्न पनि भ्याइसकेका हुन्छन् । एउटा फिल्मको छायांकन नसकिँदै उनले नयाँ फिल्मको घोषणा गरिहाल्छन् । यसैले करिअरको अवधिभन्दा उनले निर्देशन गरेका फिल्मको संख्या धेरै छ ।

हरेक प्रकारको चरित्रमा सहज रूपमा आफूलाई ढाल्ने खुबी भएका अभिनेता सरोज खनालले फिल्म निर्देशनमा डेब्यू गरेका छन् । यसअघि केही कथा बोल्ने म्यूजिक भिडियो र सर्ट मुभीको निर्देशन गरिसकेका उनले ‘बगान’ बाट फिचर फिल्म निर्देशनमा पाइला बढाएका हुन् । यतिबेला धमाधम छायांकन भइरहेको फिल्मलाई सुरेश वाग्लेसँग सहकार्य गरेर सरोज आफैंले निर्माण गरेका हुन् ।

यही फागुन १३ गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको आशातित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को टिमले प्रचारमा नयाँ शैली अपनाएको छ । प्रायः निर्माता तथा निर्देशकहरुले फिल्मको गीत, ट्रेलर वा टिजरलाई मात्र प्रचारको अस्त बनाइरहेको अवस्थामा निर्देशक सुदर्शन थापाले भने थारु र नेपाल भाषामा प्रमोशनल गीत बनाएर प्रचारमा नयाँ ट्रेन्डको सुरुवात गरेका छन् ।

नेपाली निर्देशक दीपक रौनियारले नयाँ फिल्म ‘द स्काइ इज माइन’ मा भारतकी भर्सटायल अभिनेत्री तनिष्ठा चटर्जीलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् । ‘ब्रिटिश इन्डिपेन्डेन्ट फिल्म अवार्ड’ मा फिल्म ‘ब्रिक लेन’, पार्च्ड’ र लायन’ बाट उत्कृष्ट अभिनेत्रीको मनोनयनमा परेकी उनले पहिलो निर्देशकिय फिल्म ‘रोम रोम में’ का लागि बुसानमा ‘एशिया स्टार’ पुरस्कार समेत जितेकी थिइन् ।

नेपाल र अमेरिकामा छायांकन भएको फिल्म ‘लाइफ इन एलए’ ले प्रदर्शन मिति घोषणा गरेको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भइसकेको फिल्म नेपालमा भने बैशाख ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मले अमेरिकामा बस्ने नेपालीको संघर्ष र सफलताको कथा भन्छ ।

