Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5965 - 5970 of 23769
फिल्मीखबर, काठमाडौं, 2022-02-20, आईतवार

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने लभस्टोरी फिल्म ‘हनी बनी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज १४ गते (दशैं) लाई प्रदर्शन मिति तोकेको हो । निर्माणभन्दा अगावै रिलिज डेट सुरक्षित गरिएको फिल्मको चैत दोस्रो साताबाट छायांकन सुरु हुँदैछ । फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गर्नेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2022-02-20, आईतवार

नेपाली फिल्मकी पढेलेखेकी अभिनेत्री हुन्, सुरक्षा पन्त । सन् २०१४ मा काठमाडौं इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरमा ग्राजुयशन गरेकी उनीसँग इन्जिनियर भएर अपार्टमेन्टमा काम गरेको अनुभव पनि छ । तर, इन्जिनियर बन्नु उनको सपना थिएन । उनी मिडियाकर्मी बन्न चाहन्थिन् । तर, यसका लागि परिवारको अनुमति दिए । यसैले बाध्य भएर उनले इन्जिनियरिङ पढ्नु पर्‍यो ।

फिल्मीखबर, काठमाडौं, 2022-02-20, आईतवार

पुराना अभिनेताहरुमध्ये राजेश हमालको व्यस्तता लोभलाग्दो छ । उनले विगत चार वर्षदेखि नयाँ फिल्ममा काम गरेका छैनन् । तर, उनको व्यस्तता करिअरको उत्कर्षमा रहँदा जस्तो थियो, अहिले पनि त्यस्तै छ । फरक यत्ति छ कि पहिला उनी हरेक दिन १६/१७ घन्टा फिल्मकै छायांकनमा व्यस्त हुन्थे, अहिले म्यूजिक भिडियोदेखि उद्घाटनसम्म उनलाई भ्याइनभ्याइ हुने गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-02-20, आईतवार

तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लभ स्टेशन’ पछि अभिनेता प्रदीप खड्काले ‘प्रेमगीत ३’ र ‘प्रकाश’ गरी दुई फिल्ममा अभिनय गरे । दुवै फिल्म उनको करिअरका लागि महत्त्वपूर्ण छन् । लगातार असफलता भोगिरहेका उनलाई ‘प्रेमगीत ३’ ले सफलताको सुःख दिन सक्नेछ । ‘प्रकाश’ मा निर्वाह गरेको चरित्रले भने उनको लभर ब्वाईको छवि बदल्ने अपेक्षा गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-02-19, शनिवार

कुनै दिन पल शाहले सर्वाधिक म्यूजिक भिडियोमा काम गर्ने मोडलको रुपमा ‘गिनिज बुक अफ रेकर्ड’ मा आफ्नो नाम लेखाए भने कसैले अचम्म नमान्दा हुन्छ । सम्भवतः अहिलेको अवस्थामा उनी जति म्यूजिक भिडियोमा काम गर्ने मोडल अरु छैनन् । महिनामा २०/२५ वटासम्म म्यूजिक भिडियोमा उनले काम गर्दै आएका छन् । र, हरेक दिनमा एक-दुईवटा भिडियो रिलिज हुन टुट्दैनन् ।

एजेन्सी, मुम्बई, 2022-02-18, शुक्रवार

अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट प्रेममा रहेको कुरा अब नौलो रहेन । उनीहरु दुवैले आफ्नो रिलेसनसिपको बारेमा खुलेर बोल्न थालिसकेका छन् । फिल्म ‘ब्रह्मास्त्र’ मा एकसाथ काम गर्ने क्रममा उनीहरु प्रेममा डुबेका थिए । आलियाले हालै एक अन्तर्वार्तामा रणवीरसँग आफूलाई कम्फर्टेबल महशुस हुने र यही कारण लामो समयदेखि आफूहरु साथ रहेको बताएकी छन् ।

Results : 5965 - 5970 of 23769
Most Visited News (monthly)