Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थारु भाषामा बन्यो ‘म यस्तो गीत गाउँछु २’ को प्रमोशनल गीत

फिल्मीखबर, काठमाण्डौ, 2022/02/16
यही फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ को टिमले प्रचार-प्रसारलाई आक्रामक बनाउन थालेको छ । केही दिनदेखि हलको माहोल बुझ्न राजधानीका विभिन्न हलहरुमा पुगेको फिल्मको टिमले बुधवार थारु भाषाको प्रमोशनल गीत सार्वजनिक गरेको छ । निर्माण टिमले नेवारी भाषामा पनि एउटा प्रमोसनल गीत तयार पारेको छ । 
 
paul shah and pooja sharma
 
बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थारु भाषाको गीतमा नरेश योगी र मधु चौधरीको आवाज रहेको छ भने गायक योगीकै शब्द रचना तथा संगीत छ । चितवनमा खिचिएको गीतको भिडियोमा थारु समुदायको भेषभुषा र संस्कृतिलाई देखाउन खोजिएको छ । भिडियोमा फिल्मका प्रमुख अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा थारु पहिरनमा देखिएका छन् ।
 
निर्देशक सुदर्शन थापाले अन्य भाषामा पनि प्रमोशनल गीत बनाउने योजना भएपनि समय अभावका कारण थारु र नेवारी भाषामा मात्र तयार पारेको जानकारी दिए । पल र पूजाले भने फिल्ममा पहिलो पटक थारु र नेवारी भाषाको गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरे । यी दुई गीतले थारु र नेवारी समुदायलाई सिनेमा हलसम्म आकर्षित गर्नेमा निर्माण टिम विश्वस्त देखिएको छ ।
 
गीत सार्वजनिक कार्यक्रममा पूजाले फिल्मका लागि पल शाहको गरेको साथ-सहयोग र मिहिनेतको खुलेरै प्रशंसा गरिन् । ‘म पललाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु । पलले जति फिल्मका लागि सपोर्ट सायद अरु कलाकार भएको भए गर्दैन थिए होला । हिरो होस् त पल शाह जस्तो । कलाकार भनेको निर्मातालाई बुझ्ने हुनुपर्छ,’ पलको तारिफ गर्ने क्रममा पूजा गहभरी भएकी थिइन् । 
 
paul shah and pooja sharma
 
फिल्ममा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको फिल्मलाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् । 
 

Most Visited News (monthly)