Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5953 - 5958 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2022-02-23, बुधवार

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको मंगलवार साँझ हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

एजेन्सी, मुम्बई, 2022-02-23, बुधवार

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान बलिउड डेब्यूको तयारीमा छन् । सिंगो बलिउड उनको डेब्यूको प्रतिक्षामा छ । दर्शकको नजर पनि उनीमाथि नै अडिएको छ । तर, आर्यनलाई अभिनयप्रति रुची छैन । उनी राइटरको रुपमा करिअर अगाडि बढाउन चाहन्छन् । चाँडै उनले एक वेब सिरिजबाट लेखकको रुपमा डेब्यू गर्न लागेको भारतीय मिडियाले बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-02-23, बुधवार

अहिलेको पुस्तालाई गरिमा पन्त परिचित अनुहार नहुन सक्छ । किनकि, उनी फिल्ममा नदेखिएकै वर्षौं भइसकेको छ । तर, कुनै बेला फिल्ममा सक्रिय र अभिनयमा आफूलाई अब्बल प्रमाणित गरेकी अभिनेत्री हुन्, उनी । पर्दामा सालिन र सोझी युवतीको भूमिकामा बढी रुचाइएकी उनले ‘झोला, जीवन मृत्यु, प्रितीको फूल, सुन्दर मेरो नाम’ लगायत थुप्रै फिल्ममा अभिनय गरेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-02-23, बुधवार

नेपाली दर्शकले नेपाली फिल्ममा तीनवटा विषयवस्तु अत्याधिक रुचाउने गरेको पाइन्छ, लभस्टोरी, कमेडी र एक्सन । यही कारण वर्षौंदेखि नेपाली फिल्ममा यी तीन विधाकै हालीमुहाली छ । शिव श्रेष्ठ, राजेश हमाल, निखिल उप्रेती, विराट भट्ट जस्ता हिरोहरु पर्दाबाट हराउँदै गर्दा एक्सन फिल्म निर्माणमा कमी आएको छ । तर, लभस्टोरी र कमेडी फिल्म निर्माणको बाढी रोकिएको छैन ।

फिल्मीखबर, काठमाडौं, 2022-02-22, मंगलवार

भर्सटायल अभिनेता नवाजुद्दीन सिद्दीकी केही दिनयता मुम्बईमा खरिद गरेको आफ्नो नयाँ आलिसान घरका कारण चर्चामा छन् । यो ‘सपनाको महल’ मा उनी हालसालै सरेका हुन् । एक अन्तर्वार्तामा उनले आज आफ्नो बंगलामा भएको बाथरुम जत्रो कुनै बेला आफ्नो घर हुने गरेको स्मरण गरेका छन् । नवाजुद्दीनको नयाँ घर अंधेरी क्षेत्रमा अवस्थित छ । यो घर सिगार्न ३ वर्ष लागेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2022-02-22, मंगलवार

कोरोना महामारीका कारण पटक-पटक सिनेमा हल बन्द हुँदा करीब दुई वर्ष फिल्म ‘म यस्तो गीत गाउँछु २’ अड्कियो ।  २०७६ सालको फागुन ३० लाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले प्रचारमा समेत ठूलो खर्च गरिसकेको थियो । तर, अन्तिम समयमा कोरोनाका कारण फिल्मको रिलिज रोकियो । दुई पटक हल बन्द भएर खुलेपछि माघ १९ गतेलाई फिल्मको नयाँ डेट तोकियो ।

Results : 5953 - 5958 of 23769
Most Visited News (monthly)