Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कलाकार जयनन्द लामाको निधन

फिल्मीखबर, काठमाण्डौ, 2022/02/23
लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको मंगलवार साँझ हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । केही दिन अगाडि मात्र उनको घाँटीको शल्यक्रिया भएको थियो ।
 
 
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै लोकगीत गाउनुका साथै दुई सयभन्दा बढी फिल्म र टेलिश्रृंखलामा अभिनय समेत गरेका छन् । २०३० सालमा ‘मनको बाँध’ नामक फिल्मबाट अभिनय यात्रा सुरु गरेका लामाले ‘छक्का पञ्जा, जय भोले, कान्छी, निशानी लगायतका फिल्ममा अभिनय गरेका छन् । उनले ‘माया गर्छु म, कर्मको फल, यथार्थ’ लगायतका फिल्मको निर्देशन पनि गरेका छन् । चरित्र अभिनयमा उनी सर्वाधिक व्यस्त कलाकारमा पर्थे । 
 
लामो समयदेखि लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान समेत गर्दै आएका उनी कशुल गायक पनि हुन् । उनले स्वर दिएको ‘कलकत्ते काइँयो केश मेरो बांगो...', 'टेबलमा ऐना छ...' बोलको गीत उनको नामको पर्याय नै बनेको छ। यस्तै 'चट्ट परेको चुल्ठी...', 'हेर्दैमा राम्रो...', 'चुइँ चुइँ चुइँकने जुत्ता...', 'नाच्यो झिल्के नाच्यो...', 'मूलाको चाना...', 'सलल पानी...’ लगायतका गीत चर्चित छन् ।
Most Visited News (monthly)