
कोरोना महामारीयता हलमा नेपाली फिल्मले नै दर्शकको उत्साहजनक भीड फर्काउन सकेको थिएन । गत पुषमा प्रदर्शन भएको फिल्म ‘कठपुतली’ लाई छाड्ने हो भने अरु फिल्म हलमा लागेको र उत्रिएको समेत दर्शकलाई थाहा भएन । तर, शुक्रवारबाट प्रदर्शनरत फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले भने बक्सअफिस तताएको छ । शनिवार फिल्मले देशभर आक्रामक कमाई गर्यो ।

बुधवार एक नाबालिग गायिकाले जबर्जस्ती करणीको आरोपमा तनुहँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि फरार रहेका अभिनेता पल शाहले प्रहरीमा उपस्थित हुनुभन्दा अगाडि आइतवार एक भिडियो सन्देश जारी गर्दै आफू अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ दर्शक र आफ्नो टिमसँग बसेर हेर्ने इच्छा रहेको र सम्भव भए यो इच्छा पूरा गरिदिन प्रहरीसँग आग्रह गरेका छन् ।

फागुन ११ गते १७ वर्षिय नाबालिग गायिकाले तनहुँ (दमौली) मा जबर्जस्ती करणीको आरोपमा जाहेरी दिएपछि तीन दिनदेखि फरार रहेका अभिनेता पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई तनहुँ प्रहरीले तनहुँ क्षेत्रबाट नियन्त्रणमा लिएको हो । पल शाहले आज विहान फेसबुकमा एक स्टाटस लेख्दै आइतबार आफू प्रहरीसमक्ष उपस्थित हुने जानकारी दिएका थिए ।

अभिनेता खगेन्द्र लामिछानेले पहिलो पटक निर्देशन गरेको फिल्म ‘पानीफोटो’ को प्रदर्शन मिति घोषणा गरिएको छ । छायांकन सकिएको २ वर्षभन्दा बढी भइसकेपनि कोरोना महामारीका कारण फिल्म प्रदर्शनमा आउन सकेको थिएन । अब फिल्मलाई आगामी भदौ १० गते प्रदर्शन गरिने भएको छ । वितरकसँग लामो छलफल पश्चात् फिल्म टिमले प्रदर्शन मिति घोषणा गरेको हो ।

लामो समयदेखि फिल्म सम्बन्धि अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीद्वारा निर्मित फिल्म ‘म’ को प्रदर्शन मिति घोषणा गरिएको छ । शनिवार एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डिसिएन र एफडीसँग आगामी जेठ २० गतेलाई प्रदर्शनको सम्झौता गरेका हुन् । डिसिएनले फिल्मलाई काठमाडौंभित्र तथा एफडीले उपत्यका बाहिर प्रदर्शन गर्नेछ ।

फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई नयाँ बानेश्वर प्रहरी कार्यालयले सामान्य सोधपुछपछि छाडेको छ । शनिवार दिउँसो प्राईम टाइम टेलिभिजनको कार्यक्रम ‘धमलाको हमाला’ मा अन्तर्वार्ता दिएपछि उनलाई सोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनको फोन समेत नियन्त्रणमा लिएर करीब १ घन्टा सोधपुछ गरेको थियो ।

