Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

शाहरुखका छोराले अभिनयबाट डेब्यू नगर्ने

एजेन्सी, मुम्बई, 2022/02/23
aryan khan
 
बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान बलिउड डेब्यूको तयारीमा छन् । सिंगो बलिउड उनको डेब्यूको प्रतिक्षामा छ । दर्शकको नजर पनि उनीमाथि नै अडिएको छ । तर, आर्यनलाई अभिनयप्रति रुची छैन । उनी राइटरको रुपमा करिअर अगाडि बढाउन चाहन्छन् । चाँडै उनले एक वेब सिरिजबाट लेखकको रुपमा डेब्यू गर्न लागेको भारतीय मिडियाले बताएका छन् ।
 
सन् २०२० मा आर्यनले सदर्न क्यालिफोर्निया यूनिभर्सिटीबाट ग्राजुएशन पूरा गरेका थिए । उनीसँग फाइन आर्ट्स, सिनेम्याटिक आर्ट्स, फिल्म एन्ड टेलिभिजन प्रोडक्शनमा ब्याचलर डिग्री पनि छ । अब आर्यन आफ्नो पढाईलाई काममा उतार्ने तयारीमा छन् । अहिले उनले ओटीटीका लागि वेब सिरिजको कथा लेखिरहेको बताइएको छ । उनले फिल्मका लागि काम पनि गरिरहेका छन् ।
 
सबै कुरा ठीक भएको अवस्थामा आर्यन खानको ओटीटी वेब सिरिजको यसै वर्ष छायांकन सुरु हुन सक्नेछ । वेब सिरिजमा एक जिद्दी फ्यानको कहानी देखाइनेछ भने लेखनमा आर्यनलाई बिलाल सिद्दीकीले सघाएका छन् । गत वर्ष क्रुज ड्रग्स मामलामा करीब एक महिना जेल जीवन विताएका आर्यनलाई ठूलो पर्दामा हिरोको रुपमा हेर्न दर्शकहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् ।
Most Visited News (monthly)