

बुधवार निधन भएका लोकगायक तथा कलाकार जयनन्द लामाको पार्थिव शरीरमा उपराष्ट्रपति नन्दबहादुर पुन र संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् । जयनन्द लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहीवार विहान १० बजेदेखि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा राखिएको थियो ।

कोरोना महामारीको मारमा परेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । रिलिजको पूर्वसन्ध्यामा बुधवार फिल्मको कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर राखिएको थियो । जहाँ उल्लेख्य संख्यामा फिल्मकर्मीहरु उपस्थित भएका थिए । प्रिमियरमा उपस्थित भएका कलाकारहरुलाई हलको आँगनमा कीर्तिपुरबासीले भव्य र न्यानो स्वागत गरेका थिए ।

आगामी चैत ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चिसो एस्ट्रे’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँको कुमारी हलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर ‘लुट’ फ्लेवरको लाग्छ । तर, ट्रेलरमा समावेश दृश्य र संवाद रमाइला छन् । तीन मिनेट लामो ट्रेलरमा गाउँको ठिटो सहर पसेपछि कसरी गलत काममा फस्छ भन्ने देखाइएको छ ।

बुधवार १७ वर्षिय नाबालिग गायिकाले जर्बजस्ती करणीको मुद्धामा तनहुँको दमौली प्रहरी कार्यालयमा उजुरी दिएपछि भूमिगत भएका अभिनेता पल शाहले बिहीवार फेसबुकमा एक स्टाटस लेख्दै आफू दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् । तर, आफूमाथि केही नजिकका सहकर्मी व्यक्तिहरुले नै नियोजित ढङ्गले षड्यन्त्र गरेको उनको दाबी छ ।

एक नाबालिग गायिकाद्वारा नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । बुधवार उनले जबर्जस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी हुन् । उनी प्रहरीमा उजुरी दिन दिदी र भिनाजुको साथमा पुगेकी थिइन् ।

