Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5941 - 5946 of 23769
फिल्मीखबर, काठमाडौं, 2022-02-26, शनिवार

बुधवार जबर्जस्ती करणीको अरोपमा १७ वर्षिय नाबालिग गायिकाले तनहुँ (दमौली) को जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि फरार रहेका अभिनेता पल शाह अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई पल शाहको बारेमा सोधपुछका लागि प्रहरीले शनिवार नियन्त्रणमा लिएको जानकारी प्राप्त छ । 

एजेन्सी, मुम्बई, 2022-02-26, शनिवार

तेलुगु सुपरस्टार अजित कुमार र अभिनेत्री हुमा कुरैशी अभिनीत फिल्म ‘भलिमई’ कोरोनाकालमा सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन ६२ करोड ३६ लाख कमाएको छ । फिल्मले तमिलनाडुमा मात्र ३६ करोड र चेन्नाईमा १ करोड ८४ लाखको ओपनिङ गरेको ट्रेड एनालिस्ट मनोबाला विजयबालानले जानकारी दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-02-26, शनिवार

तेस्रो चरणको कोरोना महामारीका बीच छायांकन सुरु भएको फिल्म ‘लाखे’ को टिम क्लाइमेक्स खिच्न मुस्ताङ पुगेको छ । मुस्ताङको कागबेनीलगायत विभिन्न मनोरम दृश्य समेटिने गरी फिल्मको क्लाइमेक्स छायांकन भइरहेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए । उनले भने, ‘फिल्मको क्लाइमेक्स कसैले नसोचेको विषेश छ । त्यसैले पनि हामीले मुस्ताङ रोजेका हौं ।’

फिल्मीखबर, काठमाण्डौ, 2022-02-25, शुक्रवार

कानुनी झमेलामा फसेका अभिनेता पल शाह अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । पलको विषयले फिल्मलाई असर गर्न सक्ने धेरैको विश्लेषण थियो । विहानी शोसम्म हलमा दर्शकको अभाव पनि देखियो । तर, दिवा शोबाट फिल्म हेर्ने दर्शक बढेका छन् । मल्टीप्लेक्सभन्दा सिंगल थिएटरमा दर्शकको उपस्थिति राम्रो रहेको जानकारी प्राप्त छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-02-25, शुक्रवार

बुधवार एक नाबालिग गायिकाले तनहुँ जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीको आरोपमा जाहेरी दिएपछि अभिनेता पल शाह फरार छन् । तनुहँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको ४८ घन्टा वितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । यतिबेला प्रहरीले उनीसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्नुका साथै निरन्तर उनको फोन ट्यापिङमा राखेको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-02-25, शुक्रवार

यस वर्षको आशातित फिल्म ‘म यस्तो गीत गाउँछु २’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । कोरोना महामारीका कारण पटक-पटक प्रदर्शन अड्किएको फिल्मले निर्माण सकिएको २ वर्षपछि प्रदर्शनको अवसर पाएको हो । कोरोनाले शिथिल अवस्थामा पुगेको फिल्म क्षेत्रलाई यो फिल्मले पुर्नजीवन दिने अपेक्षा गरिएको छ । सुख्खा भएका हलहरुमा दर्शक फर्काउने आश गरिएको छ ।

Results : 5941 - 5946 of 23769
Most Visited News (monthly)