Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5623 - 5628 of 23775
फिल्मीखबर, काठमाडौं, 2022-05-17, मंगलवार

अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरेर झरना थापाले फिल्म ‘ए मरो हजुर २’बाट निर्देशकीय यात्रा सुरु गरिन् । अभिनयमा झैं उनलाई निर्देशनमा पनि औसत र असफल हुने छुट थिएनन् । त्यसमाथि ‘ए मरो हजुर’को ब्रान्डको इज्जत जोगाउनु उनका लागि अर्को ठूलो चुनौती थियो । यी कुरा बझेरै निर्देशनमा होमिएकी उनले पहिलो प्रयासमै दर्शकको विश्वास जित्दै सफलता हात पारिन् ।

फिल्मीखबर, काठमाडौं, 2022-05-17, मंगलवार

एक समय टेलिभिजनको दुनियाँमा अकेशा विष्टले आफूलाई दर्विलो रुपमा उभ्याएकी थिइन् । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने ‘कल कान्तिपुर’ले उनलाई दर्शकको ठूलो वर्गमा चिनाएको थियो । अग्लो कद, बोल्ड आवाज र नशालु आँखाले उनी ‘हिरोइन मेट्रियल’ देखिन्थिन् । यसैले उनलाई अभिनयको मोहले तान्दै गयो । म्यूजिक भिडियो हुँदै उनी फिल्मको हिरोइनसम्म बनिन् ।

फिल्मीखबर, काठमाडौं, 2022-05-17, मंगलवार

कोरोना महामारी रोकथाम गर्न सरकारले पटक पटक सिनेमा हलहरु बन्द गर्दा देशभर ठूलो संख्यामा सिंगल थिएटरहरु सदाका लागि बन्द भए । जसले गर्दा फिल्मकर्मीमा निराशा छाएको थियो । तर, संक्रमण सामान्य भएर नियमित फिल्महरु प्रदर्शन हुन थालेपछि काठमाडौंसहित विभिन्न ठाउँमा ठूलो लगानीमा आकर्षक सेवा सुविधासहित मल्टीप्लेक्स हलहरु खुल्ने क्रम बढेको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-05-17, मंगलवार

अभिनेत्री सुरक्षा पन्त संसारको प्रतिष्ठित फिल्म फेस्टिभल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएकी छन् । मे १७ (आज) देखि सुरु भएर २८ तारिखमा सकिने फेस्टिभलमा आफू सहभागी हुन लागेको जानकारी सुरक्षाले सामाजिक सञ्जालमार्फत् दिएकी हुन् । उनी अभिनीत हलिउड फिल्म ‘द एट माउन्टेन्स’ उक्त फेस्टिभलमा प्रिमियर हुन लागेकाले उनले सहभागी हुने मौका पाएकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2022-05-16, सोमवार

कलाकार परिवर्तनका कारण चर्चामा रहेको फिल्म ‘हनी बनी’ अन्ततः छायांकनमा निस्किएको छ । सोमवार बेलायतमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्देशक दीवाकर भट्टराईले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । फिल्मको मुहूर्त सट अभिनेत्री जसिता गुरुङ र अभिनेता सलोन बस्नेतका साथै कलाकारहरु सूर्यमाला खनाल र अर्जुन श्रेष्ठले दिएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2022-05-16, सोमवार

यही जेठ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लाइफ इन एलए’को नयाँ गीत सार्वजनिक भएको छ । सोमवार यूट्युबमा सार्वजनिक गरिएको ‘बसन्’ बोलको वियोगान्त गीतमा आर्यन पाठकको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्ट फिचर्ड छन् । गीतमा उनीहरुको प्रेम वियोगलाई देखाइएको छ । 

Results : 5623 - 5628 of 23775
Most Visited News (monthly)