
बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसपालीको निर्वाचनमा नेपाली फिल्मका अभिनेतादेखि निर्देशक-निर्मातासम्मले विभिन्न राजनीतिक दलबाट विभिन्न पदमा उम्मेदवारी दिएका थिए । केहीले जीत हासिल गरेका छन् भने केही पराजित भएका छन् । तर, यसपटक चुनाव हार्नेभन्दा जित्ने फिल्मकर्मीको संख्या उल्लेख्य देखिएको छ ।

कोरोना महामारी नफैलिएको भए फिल्म ‘प्रेमगीत ३’ २०७६ सालमै रिलिज भइसकेको हुने थियो । चैत २८ गतेलाई प्रदर्शन मिति तोकेर निर्माण टिमले प्रचार-प्रसारलाई तीव्रता दिन गीत समेत सार्वजनिक गरिसकेको थियो । तर, कोरोना संक्रमण फैलिएपछि फिल्म अनिश्चितकालका लागि रोकियो । यसपछि निर्माण टिमले भारतमा पनि रिलिज गर्न फिल्मलाई हिन्दी भाषामा डब गर्यो ।

कोरोना महामारीयता ठूला साउथ फिल्मको बाढीले धेरै बलिउड फिल्मलाई बगायो । ‘जर्सी’, ‘हिरोपन्थी २’, ‘रनवे ३४’ जस्ता फिल्म साउथको चेपुवामा परे । विस्तारै साउथ फिल्मको प्रभाव कम हुन थालेपछि बलिउड फिल्मको व्यापारमा सुधार हुन थालेको छ । यसको प्रमाण शुक्रवार रिलिज भएको अभिनेता कार्तिक आर्यन र अभिनेत्री कियारा आडवाणी स्टारर फिल्म ‘भूल भूलैया २’ हो ।

एनलग प्रविधि अर्थात् रिलमा खिचिने समयमा नेपाली फिल्मले हलमा प्रदर्शनको ५१औं र सय दिन मनाउनु सामान्य मानिन्थ्यो । सानो संख्यामा फिल्म निर्माण हुने भएकाले प्रायः फिल्मले लगानी उठाउनुका साथै लामो समय हलमा टिक्ने अवसर पाउँथे । तर, डिजिटल युगको आगमन सँगै नेपाली फिल्मलाई लगानी उठाउन मात्र होइन, हलमा एक हप्ता टिक्न पनि मुश्किल भएको छ ।

नेपाली फिल्ममा सीमित स्टार किड्सले मात्र सफलताको उचाइँ छोएका छन् । अभिनेता भुवन केसी पुत्र अनमोल केसी र अभिनेत्री झरना थापाकी सुपुत्री सुहाना थापा स्टार किड्सको भीडमा सर्वाधिक सफल हुनेमा पर्छन् । आमाको गर्विलो विरासत बोकेर फिल्म ‘ए मेरो हजुर ३’बाट अभिनेत्रीको रुपमा पाइला चालेकी सुहानाले पहिलो प्रयासमै सफलताको झन्डा गाड्न सफल भएकी थिइन् ।

फिल्म ‘होस्टेल’बाट सहायक अभिनेत्री र ‘एउटा साथी’बाट सोलो अभिनेत्रीको रुपमा डेब्यू गरेकी रीस्ता बस्नेतले करिअरको ९ वर्षको अवधिमा आधा दर्जन फिल्ममा अभिनय गरिसकेकी छन् । तर, आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न उनी अझै पनि संघर्षरत छिन् । उनले सोलो अभिनेत्रीको रुपमा अभिनय गरेका फिल्महरु सफल छैनन् । न उनको अभिनयकै प्रशंसा भएको छ ।

