Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जसिताको जन्मदिन मनाउँदै ‘हनी बनी’को छायांकन सुरु

फिल्मीखबर, काठमाडौं, 2022/05/16
कलाकार परिवर्तनका कारण चर्चामा रहेको फिल्म ‘हनी बनी’ अन्ततः छायांकनमा निस्किएको छ । सोमवार बेलायतमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको निर्देशक दीवाकर भट्टराईले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । फिल्मको मुहूर्त सट अभिनेत्री जसिता गुरुङ र अभिनेता सलोन बस्नेतका साथै कलाकारहरु सूर्यमाला खनाल र अर्जुन श्रेष्ठले दिएका थिए । 
 
honny bunny
 
औपचारिक रुपमा छायांकन सुरु गर्नुभन्दा अगाडि निर्माण टिमले केक काटेर अभिनेत्री जसिता गुरुङको जन्मदिन मनाएको थियो । पोखरामा जन्मिएकी उनी सोमवारबाट २६ वर्षमा प्रवेश गरेकी छन् । फिल्म ‘लिलिबिली’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले यसपछि ‘लभ स्टेशन’ र ‘आई एम ट्वान्टिवान’मा काम गरिसकेकी छन् । ‘हनी बनी’ उनले अभिनय गरेको चौथो फिल्म हो । 
 
३५ दिनको सेड्युलमा ‘हनी बनी’को लन्डन, आयरल्यान्ड, वेल्स लगायतका क्षेत्रमा छायांकन हुने बताइएको छ । यो फिल्मको मुख्य भूमिकामा भारतीय मोडल अभिमन्यू तोमरले अभिनय गर्दैछन् । उनी भारतबाट बेलायत पुगिसके पनि केही दिनपछि मात्र उनको भागको छायांकन हुनेछ । फिल्ममा उनको जोडीको रुपमा जसिता देखिनेछिन् । फिल्मको लागत ७ करोड अनुमान गरिएको छ ।
 
jasita gurung
 
पहिला फिल्ममा अनमोल केसी र सारा सिरपालीको अभिनय रहने पक्का थियो । तर, पछि अनमोलले फिल्मबाट हात झिके भने साराको बेलायतको भिसा नआएपछि उनी पनि बाहिरिइन् । यसपछि निर्माण टिमले अनमोलको ठाउँमा अभिमन्यू र साराको ठाउँमा जसितालाई भित्राएको हो । अमित बस्नेत र परी राना निर्माता रहेको फिल्मको सह-निर्मातामा अजितकुमार थापा छन् ।
Most Visited News (monthly)