
देशभरबाट स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । देशका कतिपय ठाउँमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका कलाकारहरुले पनि जित हासिल गरिरहेका छन् । शनिवार कांग्रेसबाट तार्केश्वर वडा नं. २ को वडासदस्यमा कलाकार किशोर भण्डारी निर्वाचित भए । यसैक्रममा, फिल्म ‘चपली हाइट’का अभिनेता राज घिमिरे वडा अध्यक्षमा विजयी भएका छन् ।

अभिनेत्री सृष्टि श्रेष्ठलाई अहिले एउटा हिट फिल्मको खाँचो छ । डेब्यू फिल्म ‘गाजलु’पछि उनले सोलो अभिनेत्रीको रुपमा अभिनय गरेका कुनै पनि फिल्मले बक्सअफिसमा सुखद् नतिजा हात पारेका छैनन् । यद्यपि, उनको अभिनयको भने हमेशा प्रशंसा हुने गरेको छ । दिनप्रतिदिन आफ्नो अभिनयमा निखारता थप्दै गएकी उनी सालिन र बौद्धिक अभिनेत्रीको रुपमा पनि चिनिन्छिन् ।

फिल्म निर्देशक हेम लामाको निधन भएको छ । स्वास्थ्यमा आएको समस्याका कारण दुई हप्तादेखि काठमाडौंस्थित मनमोहन अस्पतालको सिसियूमा उपचारार्थ उनको आइतवार दिउँसो निधन भएको हो । सोमवार लामाको पार्थिव शरीरलाई उनकै निवास बालुवाटारमा अन्तिम श्रद्धाञ्जलीका राखिने र सोही दिन बौद्ध धर्मअनुसार स्वयम्भुनाथ घाटमा अन्त्येष्टि गरिने जानकारी प्राप्त छ ।

बलिउड अभिनेत्री कंगना रनावटले बलिउडमा व्याप्त नेपोटिज्मको बारेमा बेला बखतमा आफ्नो अभिव्यक्ति दिँदै आएकी छन् । जसले गर्दा उनी विवादमा पनि तानिरहेकी हुन्छिन् । एकपटक फेरि उनले स्टार किड्समाथि निशाना साधेकी छन् । हालै एक अन्तर्वार्ताको क्रममा उनले स्टार किड्सका कारण बाहिरी व्यक्ति (आउडसाइडर) अवसरबाट बञ्चित हुने गरेको बताएकी छन् ।

कोरोना महामारीयता अभिनेता दयाहाङ राई सर्वाधिक व्यस्त छन् । एउटा फिल्मको सुटिङ सकिए लगत्तै अर्को फिल्मको सुटिङ र केही दिन फुर्सद निस्किए प्रदर्शनको तयारीमा रहेको फिल्मको प्रचारमा हिँड्न उनलाई भ्याइनभ्याइ हुने गर्छ । हुनत, कोभिडअघि पनि उनको व्यस्तता यस्तै थियो । नियमित रुपमा फिल्मको सुटिङ हुन थालेपछि उनी एक दिन पनि फुर्सदले घरमा बसेका छैनन् ।

कोरोना महामारीयता नेपाली बक्सअफिसमा विदेशी फिल्मले एकछत्र रजाई गरिरहेको छ । दोस्रो चरणको बन्दाबन्दीपछि बलिउड फिल्म ‘सूयंवंशी’ले नेपालमा आक्रामक कमाई गर्यो । यसपछि तीन ठूला साउथ फिल्म ‘पुष्पा’, ‘आरआरआर’ र ‘केजीएफ २’ले करोडौं छापे । अघिल्लो हप्ता प्रदर्शनमा आएको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज २’ले पनि हलमा दर्शकको राम्रो पाउन पाएको छ ।

