
नृत्य र अभिनयमा पोख्त मानिने अभिनेता हुन्, दीलिप रायमाझी । उनलाई यी दुई क्षमताले नै नेपाली फिल्मको ‘सुपरस्टार’ बनायो । कुनै बेला उनी अभिनेता राजेश हमालभन्दा पनि व्यस्त र महंगा मानिन्थे । एक दिनमै उनी ३-४ वटासम्म फिल्मको छायांकन गर्न भ्याउँथे भने प्रत्येक महिना आधा दर्जन बढी फिल्म हलमा रिलिज हुन्थे । हरेक फिल्मका फरक चरित्रमा उनले प्राण भरेका छन् ।

एकातिर अभिनेत्री दीपिका पादुकोण फ्रान्समा भइरहेको ७५औं कान्स फिल्म फेस्टिभलमा छाइरहँदा अर्कोतिर उनका श्रीमान् तथा अभिनेता रणवीर सिंहले अभिनय गरेको फिल्म ‘जयेशभाई जोरदार’ले असफलता झेलिरहेको छ । कान्समा सहभागी हुने क्रममा दीपिकाले लगाएको पहिरन र सुन्दरताको व्यापक चर्चा हुँदा रणवीरको फिल्मको व्यापार भने दिनप्रतिदिन कमजोर बनिरहेको छ ।

निर्माणको लामो समयपछि फिल्म ‘घनचक्कर’ले प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रवार निर्माण टिमले केही थान पोस्टरहरु सार्वजनिक गर्दै आगामी असार १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा फिल्मका दुई मुख्य अभिनेता सौगात मल्ल र सलोन बस्नेतलाई प्राथमिकता दिइएको छ । उनीहरु आक्रोशित मुद्रामा एकअर्कासँग झम्टिन खोजेको पोस्टरमा देख्न सकिन्छ ।

दीपक वलीको निर्देशनमा तयार भएको नयाँ फिल्म ‘कृष्ण लीला’ प्रदर्शनको पखाईमा रहेको छ । यसअघि २०७७ सालको चैत २७ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिए पनि कोरोना महामारीका कारण रिलिज हुन पाएन । अब आगामी भदौ ३ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ । पुष्प खड्का र श्रद्धा प्रसाईंको अभिनय रहेको फिल्मलाई दीपक वलीको अग्नीपरीक्षा मानिएको छ ।

कोरोना महामारीयता नेपाली फिल्मले निरन्तर विदेशी फिल्मसँग बक्सअफिसमा प्रतिस्पर्धा गरिरहेको छ । तर, गत वर्षको फागुन १३ मा बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’सँग भिडेको ‘म यस्तो गीत गाउँछु २’ र बैशाख १ गते साउथ फिल्म ‘केजीएफ २’सँँग भिडन्त गरेको ‘ए मेरो हजुर ४’ बाहेक अरु नेपाली फिल्मले विदेशी फिल्मको अगाडि घुँडा टेके । अर्थात् बक्सअफिसमा पिटिए ।

संसारको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा फिल्म प्रिमियर हुनु र कलाकारले रेड कार्पेटमा हिँड्न पाउनु ठूलो उपलब्धि मानिन्छ । कान्समा संसारका प्रख्यात फिल्म स्टारहरु सहभागी हुने गरेका छन् । नेपाली फिल्मकर्मीहरुले पनि कान्समा प्रतिनिधित्व जनाइसकेका छन् । २०१७ मा अभिनेत्री प्रियंका कार्की कान्समा सहभागी भएकी थिइन् । तर, उनी रेड कार्पेटमा हिँड्न पाइनन् ।

