
५ वर्षपछि शुक्रवार भएको स्थानीय तहको निर्वाचनमा केही कलाकारहरुले पनि विभिन्न पदमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा कलाकार मदनदास श्रेष्ठ र यसै महानगरमा स्वतन्त्रबाट चर्चित र्यापर बालेन्द्र शाह उम्मेदवार छन् । काठमाडौंमा अन्य उम्मेदवारभन्दा स्वतन्त्र उठेका बालेन्द्रको मत करीब दोब्बरले बढी छ ।

पेशाले इन्जिनियर हुन्, ब्यास बिस्सु । नेपाल घर बन्दीपुर भिमाद रहेका उनले विगत १८ वर्षदेखि अमेरिकालाई कर्मथलो बनाएका छन् । अध्ययनको शिलशिलामा अमेरिका छिरेका उनले केही वर्षयता अमेरिकाको विभिन्न राज्यमा नेपाली फिल्मको प्रदर्शनदेखि विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । यसैले फिल्म क्षेत्र र फिल्मकर्मीसँग उनको नजिकको सम्बन्ध छ ।

बलिउड अभिनेता सोहेल खान र उनको श्रीमती सीमा खान विवाह गरेको २४ वर्षपछि अलग हुने भएका छन् । शुक्रवार उनीहरु मुम्बईको फेमिली कोर्टमा एकसाथ देखिएका थिए । त्यसबेला उनीहरुले एकअर्कासँग साथीको जस्तो व्यवहार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । कोर्टमा डिभोर्सको फाइल दर्ता गरेपछि उनीहरु आ-आफ्नो गाडीमा चढेर घर निस्किएका थिए ।

अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापाले आगामी संघीय निर्वाचनमा आफू उठ्न सक्ने बताएका छिन् । शुक्रवार देशभर भइरहेको स्थानीय तहको निर्वाचनमा चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसको केन्द्रबाट आफ्नो पार्टीका उम्मेदवारलाई भोट हालेपछि उनले पार्टीले प्रत्यक्षतर्फ टिकट दिए आफू संघीय चुनावमा काठमाडौं क्षेत्र नं. ४ बाट उठ्ने बताइन् ।

आगामी ५ वर्षका लागि शुक्रवार (आज) स्थानीय तहको निर्वाचन भइरहेको छ । आफूलाई मन परेको उम्मेदवारलाई भोट हाल्नका लागि सेलिब्रेटीहरु पनि मतदान स्थनमा पुगिरहेका छन् । नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमालले लैनचौरस्थित घर नजिकै रहेको कन्या हाईस्कुलको केन्द्रबाट मतदान गरेका छन् । उनले मतदाताको लाइनमै उभिएर गोप्य मतदान गरेका हुन् ।

भारतका दुई ठूला फिल्म इन्डस्ट्री बलिउड र साउथबीच यतिबेला भाषा विवाद चर्किएको छ । यसको सुरुवात साउथका किच्चा सुदीप र बलिउडका अजय देवगनले गरेका थिए । यसपछि हालै तेलुगु सुपरस्टार महेश बाबुले आफूलाई बलिउडले अफोर्ड गर्न नसक्ने र बलिउडमा काम गरेर समय बर्बाद गर्न नचाहने अभिव्यक्ति दिएपछि दुई इन्डस्ट्रीबीच वाकयुद्ध उत्कर्षमा पुगेको छ ।

