Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.83/5.00)
Text size:-
+
-

झरनाप्रति विश्वास : ‘भागवद् गीता’को अमेरिका राइट्स निर्माण अगावै विक्री

फिल्मीखबर, काठमाडौं, 2022/05/17
jharna thapa
 
अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरेर झरना थापाले फिल्म ‘ए मरो हजुर २’बाट निर्देशकीय यात्रा सुरु गरिन् । अभिनयमा झैं उनलाई निर्देशनमा पनि औसत र असफल हुने छुट थिएनन् । त्यसमाथि ‘ए मरो हजुर’को ब्रान्डको इज्जत जोगाउनु उनका लागि अर्को ठूलो चुनौती थियो । यी कुरा बझेरै निर्देशनमा होमिएकी उनले पहिलो प्रयासमै दर्शकको विश्वास जित्दै सफलता हात पारिन् ।
 
‘ए मरो हजुर’ सिरिजबाट आफूलाई निर्देशनमा प्रमाणित गरेकी झरनामाथि लगानीकर्ताको पनि विश्वास बढ्दै गएको छ । उनले निर्देशन गर्ने नयाँ फिल्म ‘भागवद् गीता’को निर्माण अगावै अमेरिका राइट्स विक्री हुनुले उनीप्रति लगानीकर्ताको बढ्दो विश्वासलाई स्पष्ट संकेत गर्छ । नमस्ते इन्टरटेनमेन्टका अमृत राई, खेम गुरुङ र जंग राईको टिमले फिल्मको अमेरिका राइट्स किनेको हो ।
 
निर्माण नहुँदै विदेशमा फिल्म विक्री हुनुले आफूहरुलाई उत्साहित बनाएको निर्माता सुनील कुमार थापाले बताए । आफ्नो टिममाथि लगानीकर्ताले गरेको यो विश्वास डगमगाउन नदिने उनको भनाई छ । केही दिनअघि ‘भागवद् गीता’को जनकपुरमा टिजरको छायांकन भएको थियो । टिजरमा अभिनेत्री सुहाना थापा मात्र देखिनेछिन् । फिल्मका लागि नायकको समेत टुंगो लागिसकेको छ ।
 
नमस्ते इन्टरटेनमेन्टले बैशाख १ गतेबाट प्रदर्शनमा आएको झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’को पनि अमेरिका राइट्स लिएको छ । दुई फिल्मको अमेरिका राइट्स महंगोमा विक्री भएको बताइएको छ । संस्थाका सञ्चालकमध्ये एक अमृत राईले अनमोल केसी र सुहाना थापाको जोडीलाई अमेरिकावासी नेपाली दर्शकहरु हेर्न आतुर रहेकाले फिल्मको राइट्स किनेको बताए ।
Most Visited News (monthly)