


साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पा : द राइज’ले भारतीय बक्सअफिसमा आँधी नै ल्यायो । हिन्दी भर्सनमा मात्र १ सय ६ करोडभन्दा माथिको व्यापार गरेको फिल्मको संवादहरु समेत निकै चर्चित भए । अब यो फिल्मको दोस्रो पार्ट निर्माणको तयारीमा छ । सिक्वेललाई निर्माण टिमले अघिल्लो पार्टभन्दा ठूलो बजेटमा निर्माण गर्ने निर्णय गरेको छ ।


नेपाली फिल्मको थापा परिवार अर्थात् झरना थापा, सुनिल कुमार थापा र सुहाना थापाका लागि सपनाको देश अमेरिका पानी पधेरो जस्तै हो । उनीहरु वर्षमा एक वा दुईपटक अमेरिका पुगेकै हुन्छन् । सुहाना अमेरिकामा बसेर पढिरहँदा छोरी भेट्न झरना र सुनिल बाक्लै रुपमा अमेरिका जाने गर्थे । सुहाना फिल्ममा आएपछि पनि उनीहरुको अमेरिका ओहोर–दोहोर रोकिएको छैन ।

‘ह्याप्पी डेज’, ‘पासवर्ड’ र ‘हेल्लो जिन्दगी’का अभिनेता तथा निर्माता विक्रम डि जोशीले २४० माइल (करीब ३८७ किमी) लामो दूरी साइकलबाटै पूरा गर्ने भएका छन् । लामो समयदेखि लण्डनमा बस्दै आएका उनले नेपालको धुलिखेलमा रहेको हेल्प नेपाल नेटवर्कले सञ्चालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई सहयोग रकम जुटाउन उनले साइकल यात्रा गर्न लागेका हुन् ।

