
आफ्नो पाककलाको माध्यमबाट संसारभर सेलिब्रेटी बनेका नेपालका मास्टरशेफ सन्तोष शाहमाथि फिल्म निर्माण हुने भएको छ । ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२१’को उपविजेता बनेपछि चर्चामा आएका उनको जीवनमाथि निर्देशक दीपक रौनियारले फिल्म बनाउन लागेका हुन् । अहिले उनले सन्तोषसँग उनको बाल्यकालदेखि शेफ हुँदासम्मको यात्राबारे संवाद गरिरहेका छन् ।

बैशाख ३० गते (भोली) आगामी ५ वर्षका लागि स्थानीय तहको निर्वाचन हुँदैछ । आफूलाई मन परेको उम्मेदवारलाई भोट हाल्नका लागि देशभरबाट ठूलो संख्यामा मानिसहरु गाउँ-घर फर्किएका छन् । सधैं भीडभाड र कोलाहाल रहने काठमाडौं समेत दशैं-तिहारको बेला जस्तै सुनसान छ । जसले गर्दा मंगलवारदेखि काठमाडौंका हलहरुमा फिल्म हेर्ने दर्शकको चाप खासै राम्रो छैन ।

यही बैशाख ३ गतेबाट कास्कीको ल्वाङ गाउँमा सुरु भएको फिल्म ‘२ नम्बरी’को सुटिङ प्याकअप भएको छ । एक गीतसहित २६ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्देशक दीपेन्द्र लामाले फेसबुकमार्फत् जानकारी दिएका छन् । ल्वाङ गाउँमै सम्पूर्ण छायांकन भएको फिल्मको प्रदर्शन मिति आगामी कात्तिक ४ गतेलाई तोकिएको छ । फिल्मले दुई मिल्ने साथीको कथा भन्नेछ ।

‘क्याप्टेन’ फेम्ड निर्देशक दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको लभस्टोरी फिल्म ‘हनी बनी’मा भारतीय मोडल अभिमन्यु तोमर लिड नायकमा अनुबन्ध भएका छन् । अभिनेता अनमोल केसीले अन्तिम समयमा फिल्मबाट हात झिकेपछि नायकको खोजीमा रहेको निर्माण टिमले अभिमन्युलाई छनोट गरेको हो । फिल्ममा उनले अभिनेत्री जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गर्नेछन् ।

नेपालमा बलिउड फिल्मको ठूलो क्रेज छ । सलमान खान, शाहरुख खान, आमिर खान, अक्षय कुमार, अजय देवगन, रणवीर सिंह जस्ता ठूला स्टारको फिल्म रिलिज हुँदा नेपालका मल्टीप्लेक्स हलहरुमा मेला नै लाग्छ । यसैले बलिउड फिल्मलाई करोडौंमा नेपाल ल्याउन वितरकहरुबीच सानो तछाडमछाड चल्दैन । केही वितरकले बलिउडका ठूला कम्पनीलाई मुठ्ठीमा राखेका छन् ।

पछिल्ला दुई फिल्म ‘बागमती’ र ‘सकुन्तला’को असफलतापछि अभिनेता राजेश हमाल चार वर्ष मौन बसे । उनले अफर आएका दर्जनौं फिल्म नकारे । यो बीचमा उनी आफैंले फिल्म निर्देशन गर्न लागेको चर्चा पनि चलेको थियो । तर, हमालले तत्काल निर्देशन गर्ने हिम्मत पनि गरेनन् । यसबीच, उनले कोरोना महामारीको समयमा फिल्म ‘सत्यम्’ साइन गर्दै आफ्नो कमब्याकको निधो गरे ।

