
एक समयका चर्चित अभिनेता शिव श्रेष्ठ चार दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छन् । ‘जीवन रेखा, ठुल्दाइ, चिनो, कान्छी, ट्रक ड्राइभर, धर्म संकट’ जस्ता एकसेएक उत्कृष्ट फिल्ममा काम गरेका उनी कुनै समय पाकिस्तानी फिल्मका पनि ठूला स्टार थिए । उनले पाकिस्तानी फिल्मबाट ५ वटा राष्ट्रिय अवार्ड समेत जितेका छन् । उनले प्रायः फिल्ममा एक्सन भूमिका निभाएका छन् ।

निर्देशक रामानन्द सागरले १९८७ मा पहिलो पटक रामायण ग्रन्थमाथि टेलिभिजन श्रृङ्खला बनाएका थिए । त्यसबेलाको यो सबैभन्दा हिट सिरियल थियो । लकडाउनमा पनि यसले टिआरपीमा रेकर्ड राख्यो । २०२० को अप्रिलमा यो सिरियललाई ७ करोडभन्दा बढीले हेरेका थिए । १९८७ मा ‘रामायण’ सिरियलको प्रसारण पहिलो पटक दूरदर्शन टिभीबाट भएको थियो ।

गत वर्षको फागुनमा प्रदर्शन भएको दिपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ यूट्युबमा सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले बुढासुब्बाको यूट्युब च्यानलमार्फत फिल्म सार्वजनिक गरेको हो । यूट्युबमा सार्वजनिक भएसँगै फिल्मलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्मको कथावस्तु, प्रस्तुती र कलाकारको अभिनयलाई दर्शकले प्रशंसा गरेका छन् ।

कोरोना महामारीभन्दा अगाडि नेपाली फिल्मले सोलो रिलिजको अवसर पाउनु भनेको ठूलो कुरा मानिन्थ्यो । गिनेचुनेका ब्यानर र स्टार कलाकारका फिल्मले समेत सोलो रिलिजको मौका पाउन गाह्रो थियो । एकै मितिमा दुईभन्दा बढी फिल्म बक्सअफिसमा भिड्ने गरेका थिए । जसले गर्दा लाखौं-करोडौंको लगानीमा बनेका कति फिल्मले त पोस्टरको समेत पैसा उठाउन सकेनन् ।

२०५८ सालमा राजेन्द्र खड्गीको अध्यक्षतामा गठन भएको चलचित्र द्वन्द कलाकार संघले चार जना अध्यक्ष फेरिसकेको छ । तर, आजसम्म द्वन्द कलाकारले आफूलाई गाह्रो-साह्रो पर्दा संघ साथमा छ भन्ने महशुस गर्न पाएका छैनन् । विभिन्न फिल्म सम्बन्ध संघ संस्थाका विज्ञप्तिमा आँखा चिम्लिएर हस्ताक्षर गर्नुभन्दा बाहेक अरु समयमा द्वन्द संघलाई दिउँसै बत्ति बालेर खोज्नु पर्ने अवस्था छ ।


