
अभिनेत्री सुष्मा कार्कीले आफूमाथि गाली गलौज र कुटपिट गरेको भन्दै अभिनेत्री श्वेता खड्काकी सहोदर बहिनी आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । उनले मंगलवार बिहान उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् । सोमबार राति (हिजो) दरबारमार्गस्थित लण्डन पबमा उनीहरुबीच झगडा भएको थियो ।

नेपाली फिल्म क्षेत्रमा जमिरहेका बेला भोजपुरी फिल्ममा काम गर्न थालेका अभिनेता विराज भट्टले चार वर्षपछि नेपाली दर्शकका लागि ‘साङ्लो’ लिएर आए । यो फिल्म गत वर्ष प्रदर्शनमा आएको थियो । उनको आफ्नै निर्माण, निर्देशन र अभिनय रहेको फिल्मले प्रदर्शनको दुई दिन बक्सअफिसमा राम्रो पैसा छाप्यो । यसले उनको कमब्याक केही हदसम्म सफल बनाएको छ ।

डिसेम्बर २०२० मा अभिनेता आयुष्मान खुरानाले फिल्म ‘डक्टर जी’ को घोषणा गरेका थिए । यसमा उनले पहिलो पटक डक्टरको भूमिका निर्वाह गर्दैछन् । जंगली पिक्चर्सले निर्माण गर्ने फिल्ममा उनको अपोजिटमा अभिनेत्री रकुल प्रित सिंह देखिने भएकी छन् । उनीहरुले पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन् । फिल्मको हिस्सा बन्न पाएकोमा रकुलले खुसी व्यक्त गरेकी छन् ।

फिल्मका विभिन्न विधामा अध्यापन गराउने उद्येश्यसहित १६ वर्ष अगाडि स्थापना भएको नेपालको ओस्कार कलेजले यस वर्ष २४ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने भएको छ । कोरोना भाइरसको महामारीका कारण फिल्म पढ्ने इच्छा भएका विद्यार्थीको सपना आर्थिक अभावका कारण नरोकियोस् भन्ने मनसायले २४ जना विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको कलेजले जनाएको छ ।

दीपेन्द्र के. खनाललाई दर्शक रुवाउन लाइसेन्स प्राप्त निर्देशक भन्ने गरिएको छ । फिल्मको माध्यमबाट दर्शकलाई रुवाउन उनी सिपालु मानिन्छन् । ‘पशुपति प्रसाद र आमा’ मा उठाएको विषयवस्तु र प्रस्तुतीले उनलाई उच्च कोटीको निर्देशकको रुपमा उभ्याएको छ । यी दुई फिल्मका कारण उनीप्रति दर्शकको अपेक्षा पनि चुलिएको छ । यो उनका लागि चानचुने चुनौती होइन ।

अभिनेत्री करिश्मा मानन्धर लामो समयपछि फिल्म निर्माणमा फर्किने भएकी छन् । पछिल्लो पटक ‘फागु’ बनाएकी उनले छोरी कविता मानन्धरलाई लिएर फिल्म ‘बनवास’ निर्माण गर्ने भएकी छन् । आइतवार साँझ फेसबुकमा थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको निर्माण घोषणा गरेकी हुन् । फिल्मले परिवार र सम्बन्धको कथा वाचन गर्ने पनि उनले जानकारी दिएकी छन् ।

