Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7237 - 7242 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-01-28, बिहिवार

सरकारले सिनेमा हल खोल्न र छायांकन अनुमति दिएपछि करीब १० महिना ठप्प रहेको फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ । पुष १० गतेबाट खुलेका सिनेमा हल दर्शकको पखाईमा भए पनि फिल्म निर्माण बढेको छ । सरकारले छायांकन अनुमति दिएपछि केही फिल्मको छायांकन समेत पूरा भइसकेको छ । यसमध्ये एक हो, ‘कृष्ण लीला’ । यो फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-01-28, बिहिवार

स्वदेशी लगानीमा निर्माण भएर २०२२ सालमा रिलिज भएको फिल्म ‘आमा’ लाई पहिलो नेपाली फिल्म मानिन्छ । यो फिल्मको निर्माण कार्य थालिएको २०२१ सालदेखि गणना गर्ने हो भने नेपाली फिल्म क्षेत्रले ५० वर्षभन्दा लामो यात्रा पार गरिसकेको छ । तर, कलाकार दीपकराज गिरीले एकाध बनेका फिल्मलाई गनेर नेपाली फिल्म क्षेत्रको इतिहासलाई ५० वर्ष मान्न नहुने बताएका छन् ।

फिल्मीखबर, घान्द्रुक, 2021-01-28, बिहिवार

स्वदेशी तथा विदेशी फिल्म सुटिङका लागि पहिलो रोजाई बन्दै गएको अन्नपूर्ण गाउँपालिकास्थित प्राकृतिक सौन्दर्यले भरिपुर्ण घान्द्रुक गाउँमा चलचित्र पत्रकार संघ कास्की शाखाले मंगलवार ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रमको आयोजना गर्दै ‘सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ विषयमाथि फिल्मकर्मीसँग अन्तरक्रिया गरेको छ । 

एजेन्सी, मुम्बई, 2021-01-27, बुधवार

अभिनेता बबी देओल बुधवारबाट ५२ वर्षका भएका छन् । उनले १९९५ मा आएको फिल्म ‘बरसात’ बाट बलिउड इन्डस्ट्रीमा आफ्नो पाइला गरेका थिए । बादलको चरित्रमा गरेको जीवन्त अभिनयले उनलाई पहिलो फिल्म नै चर्चा ल्यायो । उनले यो फिल्मबाट फिल्मफेयर बेस्ट डेब्यूको अवार्ड पनि हात पारे । करिअरको सुरुवातमा उनले कयौं उम्दा फिल्ममा काम गरेका थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2021-01-27, बुधवार

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीको सभापतित्वमा गठन भएको ‘चलचित्र तथा मनोरञ्जन फोरम’ विस्तार भएको छ । बुधवार महासंघको भवनमा आयोजित एक कार्यक्रमका बीच फोरमको सह-सभापतिमा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान र नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगरलाई चयन गरिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2021-01-27, बुधवार

चीनबाट विश्व भ्रमण गर्दै नेपालसम्म आइपुगेको कोरोना भाइरसले नेपाली फिल्म क्षेत्रलाई समेत ठूलो असर गर्‍यो । कोरोनाबाट बच्न सरकारले चैत पहिलो साताबाट देश लकडाउन गरेपछि फिल्म निर्माण, वितरण र प्रदर्शन ठप्प भयो । जसले गर्दा यस क्षेत्रमा आश्रित फिल्मकर्मीहरुले नसोचेको समस्या भोगे । कोरोनाले रोजीरोटी नै गुमेपछि कति यस क्षेत्रबाट पलायन समेत भएका छन् ।

Results : 7237 - 7242 of 23775
Most Visited News (monthly)