
अभिनेत्री एलिजा गौतम नेपाली फिल्म क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्ष गरिरहेकी छन् । बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना पूरा गर्न पत्रकार ऋषि धमलासँग विवाह गरेपछि उनले घरकै लगानीमा फिल्म ‘अनुराग’ निर्माण गरिन्, तर सफलताको सुख प्राप्त गर्न सकिनन् । फिल्ममा उनको अभिनय पनि रुचाइएन । उनले फिल्ममा डेब्यू गर्न हतार गरेको भन्दै टिका टिप्पणी भए ।

हलिउड-बलिउड जस्ता ठूला फिल्म उद्योगका कलाकारहरुले व्यक्तिगत खर्चमा बडिगार्ड राख्ने गरेका छन् । फिल्मको छायांकन सेटमा भने उनीहरुलाई निर्माण टिमले नै ठूलो संख्यामा बडिगार्डको व्यवस्था गरेको हुन्छ । अचेल नेपाली कलाकारहरुलाई पनि सुटिङ सेट र सिनेमा हलमा जाँदा निर्माताले बडिगार्डको सुविधा दिने गरेका छन् । तर, यसको सधैं आलोचना हुने गरेको छ ।

अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालसँग विवाह गरेका छन् । आइतवार उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । अलीबागको द म्यानसन हाउस रिसोर्टमा भएको विवाह समारोहमा दुई पक्षका नजिकका साथी र परिवारको मात्र उपस्थिति रहेको थियो । वरुण र नताशाको लभस्टोरी ‘बि टाउन’ मा निकै चर्चामा रहेको थियो । उनीहरु एकअर्कालाई बाल्यकालदेखि जान्दथे ।

अभिनेत्री प्रियंका चोपडाले हलिउडमा समेत आफ्नो बलियो उपस्थिति जनाइसकेकी छन् । तर, हलिउडको यात्रा उनका लागि सहज थिएन । हलिउडमा प्रवेश गरेको समयमा त्यहाँ आफूले पर्याप्त अवसर नपाएको उनी बताउँछन् । उनी अब निर्माता बनिसकेकी छन् । निर्माताको रूपमा उनी दक्षिण एशियालीको लागि आफ्नो कथामार्फत सामान्य चीजहरू बनाउन चाहन्छिन् ।

नेपाली फिल्ममा आबद्ध द्वन्द कलाकार तथा निर्देशकहरुको छाता संस्था नेपाल चलचित्र द्वन्द संघले नयाँ नेतृत्व पाएको छ । शनिवार ठमेलस्थित ज्याथामा भएको पाँचौ वार्षिक साधारण सभा तथा अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको अध्यक्षमा सर्वसम्मतबाट नारायण प्रधान चयन भएका छन् । उनी नेपाल व्याम मन्दिरका अध्यक्ष समेत हुन् ।

अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा उदाएकी उपासना सिंह ठकुरीको यसमा अभिनय र सुन्दरताको निकै प्रशंसा भएको थियो । तर, फिल्म भने बक्सअफिसमा सफल ठहरिएन । यसको असर उनको करिअरमा पर्ने धेरैको विश्लेषण थियो । तर, यो फिल्म रिलिजको केही हप्तामै उनी सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो पार्टमा अनुबन्धित भइन् ।

